मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेछ : गोकुल बास्कोटा
सारांश
- प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि एमाले नेता गोकुल बास्कोटाले व्यङ्ग्य गरेका छन्।
- बास्कोटाले देशको अवस्थालाई लङ्कासँग तुलना गर्दै मन्त्रीहरूको सम्पत्तिमाथि कटाक्ष गरेका छन्।
काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको व्यापक चर्चा भइरहेको छ। मन्त्रीहरूसँग ठुलो परिमाणमा सुन र सम्पत्ति रहेको तथ्य बाहिरिएपछि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारमाथि तिखो व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै बास्कोटाले आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो लागेको भन्दै व्यङ्ग्यको बाण छोडेका हुन्। बास्कोटाले देश ‘लङ्का’ बनिसकेको टिप्पणी गर्दै पहाडका डाँडामा लालीगुराँस फुल्ने समयमा मन्त्रीहरूका खेतबारीमा भने ‘पहेँलपुर सुनको तोरी’ फुलेको भन्दै कटाक्ष गरे।
उनले मन्त्रीहरूको यो अथाह सम्पत्तिलाई समृद्धि र सुशासनको आरम्भका रूपमा व्यङ्ग्य गर्दै यसले आफूलाई झनै खुसी तुल्याएको बताए। ‘जहाँ कङ्गाल त्यहीँ चण्डाल’ भन्ने उखानलाई स्मरण गर्दै उनले अहिले त्यो अवस्था हटेको जिकिर गरेका छन्।
उनले लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भो। देश लङ्का बनिसकेछ,डाँडाभरि लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ।संवृद्धि आएछ -सुशासन त्यहीबाट आरम्भ भई हाल्छ।म झनै खुसी किन कि जहाँ कङ्गाल त्यही चण्डाल भन्थे,त्यो दूर भएछ-झिक्कै झिक्कै मया तम्लाई!’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण