कांग्रेसले बोलायो अनुशासन समिति बैठक
सोमबार, ३० चैत २०८२, १५ : ३९
सारांश
- नेपाली कांग्रेसले वैशाख २ गते बिहान ११ बजेका लागि अनुशासन समितिको बैठक बोलाएको छ।
- ललितपुरस्थित पार्टी कार्यालयमा बस्ने सो बैठकमा निर्वाचनमा अन्तर्घात गर्ने र पार्टीका समसामयिक विषयमा छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समिति बैठक बोलाएको छ । वैशाख २ गते बस्ने गरी अनुशासन समिति बैठक बोलाइएको हो ।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८२ वैशाख २ गते बुधबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ सोमबार समितिका सचिव दिनेश थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गर्ने तथा विशेष महाधिवेशनबाट आएको समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेपछि पनि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्ने पूर्णबहादुर खड्काबारे छलफल गर्न बैठक आह्वान गरिएको नेताहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण