कृषि उपजमा विषादी परीक्षणलाई कडाइ गर्न निर्देशन
सोमबार, ३० चैत २०८२, २० : १८
सारांश
- कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले आयातित खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न सातै प्रदेशका सीमा नाकामा विषादी परीक्षण कडाइका साथ लागू गर्न निर्देशन दिएकी छन्।
- आम नागरिकको स्वच्छ आहारको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको छ।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले नेपालमा आयात हुने खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न सातै प्रदेशका सीमा नाकामा विषादी, फर्मालिन तथा स्वच्छता (स्यानिटेसन) कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकीा छन् ।
मन्त्री चौधरीको निर्देशनमा आज सम्बन्धित निकायमा गुणस्तर सुनिश्चित गर्न सातै प्रदेशका सीमा नाकामा विषादी, फर्मालिन तथा स्वच्छता (स्यानिटेसन) कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको हो।
कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई आम नागरिकको स्वच्छ अधिकार सुनिश्चित गर्न र कृषि उत्पादनलाई प्राथमिकता दिन सो निर्देशन दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण