प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी
पर्सा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबले मधेस प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ।
साेमबार वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा एपिएफले मधेस प्रदेशलाई ७४ रनले हराएको हो । एपिएफले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३९० रन जोडेको थियो । एपिएफका आसिफ शेखले १४२ बलमा उत्कृष्ट ब्याटिङ गर्दै दोहोरो शतकसहितको २०८ रन जोडेका थिए।
शेखले आजको खेलमा १७ छक्का र १५ वटा चौका प्रहार गरेका थिए । त्यस्तै एपिएफका सन्दिप जोराले ४२ बलमा ५६ रन र रोहित पौडेलले ७३ बलमा ५५ रन जोडेका थिए । मधेस प्रदेशका रूपेश सिंहले तीन विकेट र रञ्जित कुमारले एक विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको मधेस प्रदेश ५० ओभरमा आठ विकेट गुमाउँदै ३१६ रनमा सीमित भएको थियो।
मधेस प्रदेशका मोहम्मद आदिल आलमले ४३ बलमा ८७ रन जोडेका थिए । त्यस्तै मधेस प्रदेशका अरनिको यादवले ७३ बल खेल्दै ८६ रन जोडेका थिए । एपिएफ क्लबका अभिषेक गौतमले तीन विकेट र कमल ऐरीले दुई विकेट लिएका थिए। आजको खेलमा विस्फोटक ब्याटिङ गरेका आसिफ शेखले प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन्।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल वैशाख ४ गते हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण