मेरो सबै सम्पत्ति इमानदार मेहनतको कमाइ हो, डर छैन : शिक्षामन्त्री पोखरेल
सारांश
- शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा पारदर्शिता अपनाएको बताएका छन्।
- उनले आफ्नो परिवारको सम्पत्ति इमानदार मेहनतको कमाइ भएको भन्दै कुनै डर नभएको दाबी गरेका छन्।
काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले आफूले सम्पत्ति विवरण सार्वजनिक गर्दा पारदर्शिताको अभ्यास गरेको बताएका छन् । आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणबारे आलोचना भएपछि सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुरा बताएका हुन् ।
मन्त्री पोखरेलले भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता नै भएको बताउँदै त्यसप्रति आफ्नो दृढ विश्वास रहेको बताएका छन् ।
उनले सोही मान्यता अनुसार आफूले सम्पत्ति विवरण यथासम्भव पूर्ण रूपमा पारदर्शी बनाउने प्रयास गरेको दाबी समेत गरेका छन् ।
मन्त्री पोखरेलले भनेका छन्– ‘मैले केवल आफ्नो व्यक्तिगत सम्पत्ति मात्र होइन, बुवा, आमा तथा मामाघर (मावली) पक्षसम्मका सम्पत्तिहरू समेत खुलाएर प्रस्तुत गरेको छु। मेरो मात्र होइन, बुवाको सवारीसाधनसमेत उल्लेख गरेको छु। प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ।’
मन्त्री पोखरेलले यी सम्पूर्ण सम्पत्ति आफ्नो परिवारको इमानदार मेहनतको कमाइ भएको प्रस्ट पार्दै आफूलाई कुनै डर नभएको समेत बताएका छन् । काठमाडौँको जग्गा खरिदको विषयमा पनि उनले पारदर्शितालाई ध्यानमा राख्दै हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण