इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश
सारांश
- इटहरीमा जारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र क्लब प्रवेश गर्यो ।
- झापा ११ लाई ‘सडनडेथ’मा ८–७ गोलले हराउँदै मच्छिन्द्रले जित निकाल्यो ।
- सनिस श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए, उनले १० हजार रुपैयाँ पाए ।
सुनसरी । मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रात्रिकालीन समयमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ लाई ‘सडनडेथ’मा ८–७ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो । पेनाल्टीमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल ‘सडेनडेथ’मा पुगेको हो । त्यस क्रममा झापाका खेलाडी विशाल मादीको प्रहार बाहिरिएपछि मच्छिन्द्रको जित सुनिश्चित भएको हो ।
मच्छिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बू, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले गोल गरेका थिए । यस्तै, झापा ११ का लागि प्रसान्त लिम्बू, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरे ।
खेलको ५५औँ मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो । त्यसैगरी ४३औँ मिनेटमा मच्छिन्द्रका सनिस श्रेष्ठले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए ।
मंगलबार को खेलको ‘प्लेयर अफ द म्याच’ मच्छिन्द्र क्लबका सनिस श्रेष्ठ घोषित भए । उनलाई नगद रु १० हजार प्रदान गरिएको प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।
यही वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख, सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
गत वर्षको संस्करणमा मच्छिन्द्र क्लब, काठमाडौँले उपाधि जितेको थियो भने चर्च ब्वाइज युनाइटेड उपविजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण