तराई-मधेसमा हर्षोल्लासका साथ जुडशीतल मनाइँदै
सारांश
- सिरहासहित तराई-मधेसका जिल्लाहरूमा आज जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदैछ।
- ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिञ्चित गर्दै दीर्घायु र सुखद जीवनको आशीर्वाद दिने गर्दछन्।
- यस पर्वले आपसी सद्भाव, मेलमिलाप र प्रकृतिप्रतिको सम्मानको सन्देश प्रवाह गर्दछ।
सिरहा । नयाँ वर्षको स्वागतसँगै सिरहासहित तराई-मधेसका जिल्लाहरूमा आज जुडशीतल पर्व उत्साहका साथ मनाइँदैछ। विक्रम संवत्को नयाँ वर्ष प्रारम्भको अवसरमा मनाइने यो दुईदिने पर्वको पहिलो दिन मंगलबार ‘सतुवाइन’ मनाइएको थियो भने आज वैशाख २ गते जुडशीतल पर्वको मुख्य विधि सम्पन्न गरिँदैछ।
_ZnJCQzj9IB.jpg)
यो पर्वले जीवनमा शीतलता, आरोग्यता र प्रकृतिसँगको सामीप्यतालाई झल्काउने गर्दछ। पर्वको मुख्य विशेषताका रूपमा आज घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिञ्चित गर्दै दीर्घायु र सुखद जीवनको आशीर्वाद दिने गर्छन्।
_uE89zFbsGl.jpg)
वैशाख सङ्क्रान्तिको पहिलो दिन सातथरि खाद्यान्नको सातु र सख्खरको सर्वत कूलदेवतालाई चढाएर दान गर्ने परम्परा छ। आज दोस्रो दिन भने कूलदेवताको पूजाआराधना गरी दही, मुन्गाको तरकारी, बरी र कढी जस्ता विशेष परिकार पकाएर खाने चलन छ। गर्मी मौसममा शरीरलाई स्वास्थ्य राख्ने सुपाच्य परिकारहरूको प्रयोग गर्नु यस पर्वको वैज्ञानिक पक्ष मानिन्छ।
_qdRJaFACtd.jpg)
धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यस पर्वमा सहकालको कामना गर्दै मैथिल समुदायका युवाहरू आज मध्याह्नमा एकआपसमा धुलो, माटो र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने तयारीमा छन्। माटो र पानीको यो खेललाई प्रकृतिप्रतिको सम्मानका रूपमा लिइन्छ। यति मात्र नभई, जुडशीतलका अवसरमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी हालेर वर्षभरि चिस्यान कायम रहोस् भन्ने कामना समेत गरिन्छ।
_uh2fA0mJtu.jpg)
मिथिला क्षेत्रमा सबै जाति र समुदायले समान रूपमा मनाउने यो पर्वले आपसी सद्भाव, मेलमिलाप र सहकार्यको सन्देश प्रवाह गर्दछ। नयाँ वर्षको सुरुवातसँगै कृषि कर्मका लागि समय अनुकूल रहोस् र प्रकृतिले सबैको रक्षा गरोस् भन्ने मुख्य उद्देश्यका साथ यो पर्व मनाउने गरिएको स्थानीय जानकारहरूको भनाइ छ। विशेष गरी सिरहाको गोलबजार लगायतका क्षेत्रमा बिहानैदेखि जुडशीतलको छुट्टै रौनक देखिएको छ।
_XJTeD7ZLgd.jpg)
_VaUyPvic3r.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण