आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा सहभागी हुने टोलीको बिदाइ
सारांश
- रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा सहभागी हुन लागेको नेपाली महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघले बिदाइ गरेको छ।
- इन्दु बर्माको कप्तानीमा घोषणा गरिएको १४ सदस्यीय टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलन मिलाइएको छ।
- नेपाली टोलीले यस प्रतियोगितामार्फत आईसीसीको वरियतामा सुधार गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने लक्ष्य राखेको छ।
काठमाडौँ । रुवान्डामा हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा सहभागी हुने महिला राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ। बुधबार एक कार्यक्रमबिच टोलीको बिदाइ गरिएको हो ।
प्रतियोगिता खेल्न क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय बलियो टोली घोषणा गरेको छ। टोलीको उप–कप्तानको जिम्मेवारी युवा खेलाडी पूजा महतोलाई दिइएको छ। नेपाली टोलीमा अनुभवी र नयाँ खेलाडीहरूको सन्तुलन कायम गरिएको छ।
टोलीका अन्य सदस्यहरूमा बिन्दु रावल, रुबी पोद्दार, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रोमा थापा, र कविता कुँवर रहेका छन्। त्यसैगरी सुमन बिस्ट, अनु कडायत, मनीषा उपाध्याय, रचना चौधरी र पूर्व कप्तान समेत रहेकी अनुभवी खेलाडी रुबिना छेत्रीले पनि टोलीमा स्थान बनाएका छन्। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार यो टोलीले रवाण्डामा हुने महत्वपूर्ण प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ।
अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव छाड्न खोजिरहेको नेपाली महिला टोलीका लागि यो च्यालेन्ज ट्रफी निकै महत्त्वपूर्ण मानिएको छ। अनुभवी खेलाडीहरूको साथ र युवाहरूको जोससहित मैदान उत्रने तयारीमा रहेको नेपाली टोलीले यस प्रतियोगितामार्फत आईसीसीको वरियतामा सुधार गर्ने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण