पसलको धुलो फुटपाथमा फाल्नेलाई २५ हजार जरिवाना
बुधबार, ०२ वैशाख २०८३, १७ : २७
सारांश
- काठमाडौँ महानगरपालिकाले दरबार मार्गस्थित एक पसलका सञ्चालकलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
- पसलको म्याटबाट फुटपाथमा धुलो झारेको भिडियो सामाजिक सञ्जालमा देखिएपछि महानगर प्रहरीले सो कारबाही गरेको हो ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबार मार्गको एक पसल धनीलाई जरिवाना तिराएको छ । महानगरको वडा नम्बर १ स्थित दरबारमार्गमा पसलको म्याटबाट पेटीमा धुलो झारेको सामाजिक सञ्जालमा देखिएको भन्दै पसल धनी पङ्कज कुमारलाई महानगर प्रहरी बलले २५ हजार जरिवाना गराएको हो ।
महानगरले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत कारबाही गरेको जनाएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण