सामान्य धरौटीमा छुटे १३ जना ‘गुण्डा’
सारांश
- प्रहरीले विशेष अपरेशनमार्फत पक्राउ गरेका १३ जना गुण्डागर्दीका आरोपीहरू सामान्य धरौटी बुझाएर रिहा भएका छन्।
- जिल्ला प्रशासन कार्यालयले तोकेको धरौटी बुझाएपछि उनीहरू अभद्र व्यवहार मुद्दामा छुटेका हुन्।
- पक्राउ परेका अन्य २० जना आरोपीहरू अझै पनि प्रहरी हिरासतमा रहेका छन्।
काठमाडौँ । प्रहरीले विशेष अपरेशन सञ्चालन गरेर पक्राउ गरेको १३ जना गुण्डागर्दीमा संलग्न आरोपीहरू धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालयले तोकेको सामान्य धरौटी बुझाएर उनीहरू रिहा भएका हुन् ।
चैत २० र चैत २१ मा विशेष अपरेशन चलाएर प्रहरीले ३३ जनालाई पक्राउ गरेको थियो । तीमध्ये १० जना धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
अभद्र व्यवहार मुद्दामा वकिल बम १० हजार तिरेर छुटेका छन् । संजिब लामा ५० हजार, अशोक गिरी ६० हजार, अण बहादुर तामाङ १० हजार, मिनबहादुर तामाङ, आशिष क्षेत्री, सानु बहादुर तामाङ र लक्ष्मण साउद जनही १० हजारमा रिहा भएका छन् । रवि थिङ, ज्ञान बहादुर तामाङ, अकल बहादुर मोक्तान, सांगे लामा र अकल बहादुर थोकर जनही १० हजारमा रिहा भएका छन् ।
प्रहरीले उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाएको थियो।
पक्राउ परेका अरू २० जना आरोपीहरू हिरासतमै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री भएपछि प्रहरीले गुण्डागर्दी विरुद्ध अपरेशन चलाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण