मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा पौने ६ अर्ब घाटा !
सारांश
- नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ।
- मूल्य समायोजनपछि पनि निगमलाई आगामी १५ दिनमा करिब पौने ६ अर्ब रुपैयाँ घाटा हुने देखिएको छ।
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकाले बाध्य भएर मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।
काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । तर, आम उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाउँदा पनि निगमको घाटा भने कम नहुने देखिएको छ । बिहीबारदेखि लागू हुने नयाँ मूल्य समायोजनपछि पनि निगमले आगामी १५ दिनमा करिब पौने ६ अर्ब रुपैयाँ घाटा हुने भएको छ ।
निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै वैशाख ३ गते बिहीबार मध्यरात १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको हो । नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने पेट्रोलको मूल्य भने यथावत् राखिएको छ। यसै गरी, आन्तरिकतर्फको हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ ।
नयाँ समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यस्तै, दोस्रो वर्गका क्षेत्रमा २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ। हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
निगमका अनुसार, यो मूल्य समायोजनपछि पनि डिजेलमा मात्रै प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा छ ।
निगमले मूल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्नुलाई देखाएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट १५ अप्रिलमा प्राप्त नयाँ खरिद मूल्यसूची पनि बढेर आएकाले मूल्य समायोजन गर्न बाध्य भएको निगमले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण