अनमोलले घोषणा गरे आगामी ५ प्रोजेक्ट
सारांश
- अभिनेता अनमोल केसीले आफ्ना आगामी ५ वटा फिल्म परियोजनाहरूको औपचारिक घोषणा गरेका छन्।
- उनले 'बाटुलो जून', 'ए मेरो हजुर-५', 'बिफोर वि मेट' र 'जेरी: द लास्ट क्लाइम्ब' लगायतका फिल्ममा काम गर्ने जानकारी दिएका छन्।
- यी फिल्महरूको निर्माण टोली र कथावस्तुप्रति अभिनेता केसीले खुसी व्यक्त गर्दै दर्शकको साथ खोजेका छन्।
काठमाडौँ । सुपरस्टार अनमोल केसीले आफ्ना आगामी ५ प्रोजेक्ट घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत फिल्म घोषणासँगै सृष्टिप्रति कृतज्ञता व्यक्त गरेका हुन् । आफू जोडिएको ५ फिल्मका कथा अर्थपूर्ण रहेको उनको भनाई छ ।
केसीका अनुसार अबका लागि उनका केही ठुला फिल्म परियोजनाहरू तय भइसकेका छन् । जसमा ‘बाटुलो जून’, ‘ए मेरो हजुर–५’, ‘बिफोर वि मेट’ र ‘ जेरी: द लास्ट क्लाइम्ब’लगायत रहेका छन् । उनले घोषणा गरेको यी मध्ये ‘बाटुलो जून’ फिल्मको छायाङ्कन सम्पन्न भइसकेको छ ।
यी उत्कृष्ट निर्माण टोली तथा प्रतिष्ठित ब्यानरसँग सहकार्य गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको उनले बताएका छन् । उनले आफ्ना दर्शक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै विश्वभर रहेका दर्शकहरूको माया र समर्थन नै आफ्नो शक्ति भएको उल्लेख गरेका छन् ।
अभिनेता केसीले सबैलाई साथ दिन आग्रह गर्दै आउनुहोस्, सँगै इतिहास रचौँ’ भन्ने सन्देशसमेत दिएका छन् ।
यसैबिच, अनन्या फिल्म्सले २०८२ को सुपरहिट फिल्म ‘जेरी अन टप’ को सिक्वेल ‘जेरी: द लास्ट क्लाइम्ब’ मा अनमोल केसी अनुबन्ध भएको जानकारी गराएको छ । सरोज न्यौपानेको निर्माणमा बन्ने यो फिल्म सुयोग गुरुङले निर्देशन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण