नौ महिनामै २३ करोड राजस्व सङ्कलन, सवारी करको हिस्सा सबैभन्दा बढी
मध्यविन्दु । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र र सवारी दर्ता लगायतका विभिन्न शीर्षकबाट यो रकम जम्मा भएको हो।
राजस्वको मुख्य हिस्सा सवारीसाधन करले ओगटेको छ। कार्यालय प्रमुख टेकबहादुर नेपालीका अनुसार यस अवधिमा सवारीसाधन करबाट मात्रै १९ करोड २४ लाख २२ हजार २७० रुपैयाँ सङ्कलन भएको छ। यस्तै, सवारी चालक अनुमतिपत्र र सवारी दर्ता किताब (बिलबुक) बापत ३ करोड ७४ लाख ९२ हजार २३४ रुपैयाँ राजस्व उठेको छ। यातायात क्षेत्रको अन्य आम्दानीबाट २३ लाख २९ हजार ९९० र प्रशासनिक सेवा शुल्कबापत ७ लाख ७१ हजार ५२८ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।
चैत महिनामा राजस्व सङ्कलनलाई थप व्यवस्थित बनाउन कार्यालयले विशेष अभियान नै चलाएको थियो। यस अन्तर्गत बिलबुक नवीकरण, जाँच पास, रुट परमिट र लाइसेन्सको चेकजाँचलाई प्राथमिकता दिइएको थियो। प्रदेश सरकारको लक्ष्य अनुसार कर सङ्कलन प्रक्रियालाई चुस्त र पारदर्शी बनाइएकाले राजस्वमा सुधार देखिएको प्रमुख नेपालीको दाबी छ।
सेवाग्राहीलाई कार्यालयमा हुने भीडभाडबाट जोगाउन र छिटो सेवा दिन छुट्टै काउन्टरको व्यवस्था गरिएको सूचना अधिकारी टेकनारायण तिवारीले बताए। उनले भने, ‘’सेवाग्राहीले कर तिर्न आवश्यक कागजात र जानकारी सहजै पाउने गरी अतिरिक्त कर्मचारी खटाएका छौँ।‘’ गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कार्यालयले २३ करोड ५४ लाख ३० हजार ९८० रुपैयाँ राजस्व उठाएको थियो, जुन तुलनात्मक रूपमा अहिलेको भन्दा केही बढी थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण