पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेलको उम्मेदवारी
बिहीबार, ०३ वैशाख २०८३, १४ : ४४
सारांश
- प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापति पदका लागि सांसद आशिष गजुरेलले उम्मेदवारी दिएका छन्।
- सिन्धुली क्षेत्र नं २ बाट निर्वाचित सांसद गजुरेल भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका विज्ञ हुन्।
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापति पदका लागि पूर्वाधार विज्ञ तथा सांसद आशिष गजुरेलले उम्मेदवारी दिएका छन् । समितिको नेतृत्व चयनका लागि सुरु भएको प्रक्रियामा गजुरेललाई उम्मेदवारको रूपमा अघि सारिएको हो ।
सिन्धुली क्षेत्र नं २ बाट निर्वाचित सांसद गजुरेल गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट २७ हजार ५ सय १७ मत ल्याएर विजयी भएका थिए ।
सांसद गजुरेल राजनीतिमा आउनुअघि भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा लामो समय विज्ञका रूपमा सक्रिय थिए । पूर्वाधार विकासका प्राविधिक पक्ष र यातायात व्यवस्थापनमा उनको विशेष दक्खल रहेको छ ।
सोही विशेषज्ञताका कारण उनलाई पूर्वाधार विकास समितिको सभापतिमा उपयुक्त पात्रका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण