अनेरास्ववियुको केन्द्रीय कार्यालय बन्द, ‘दान सङ्कलन’ बाट नयाँ कार्यालय खोल्ने प्रस्ताव
काठमाडौँ । अनेरास्ववियुको केन्द्रीय कार्यालय भाडा तिर्न नसक्दा बन्द भएपछि विद्यार्थी राजनीतिमा बहस सुरु भएको छ। सङ्गठनको केन्द्रीय संरचनाजस्तो महत्त्वपूर्ण निकाय नै आर्थिक अभावका कारण प्रभावित भएपछि यसको व्यवस्थापन क्षमतामाथि प्रश्न उठ्न थालेका छन्।
यसैबिच अनेरास्ववियु अमृत क्याम्पस कमिटीले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कमिटीले कार्यालय सञ्चालन गर्न नसक्ने अवस्था आएमा आफूहरूले सदस्यहरूबाट स्वेच्छिक दान सङ्कलन गरेर नयाँ कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ।
कमिटीले आफ्नो विज्ञप्तिमा सङ्गठनप्रति गहिरो चिन्ता व्यक्त गर्दै केन्द्रीय तहको जिम्मेवारी स्थानीय तहले वहन गर्नुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गरेको छ। साथै, आवश्यक परे आफूहरू आर्थिक स्रोत जुटाएर सङ्गठनलाई “बचाउने” भूमिकामा उत्रिन तयार रहेको सन्देश पनि दिएको छ।
राजनीतिक वृत्तमा भने उक्त विज्ञप्तिलाई केहीले व्यङ्ग्यात्मक रूपमा लिएका छन्। केन्द्रीय नेतृत्वकै अक्षमताका कारण यस्तो अवस्था सिर्जना भएको हो कि भन्ने प्रश्न उठाउँदै कतिपयले यसलाई सङ्गठनभित्रकै संकेतात्मक असन्तुष्टिको अभिव्यक्ति भनेर टिप्पणी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण