बबई सिँचाइ आयोजनाले माग्यो निर्माण कम्पनीसँग ५ करोड ३३ लाख
सारांश
- बबई सिँचाइ आयोजनाले सम्झौता अनुसार काम नगर्ने अमन कन्स्ट्रक्सनलाई ५ करोड ३३ लाख रुपैयाँ बुझाउन ३५ दिने अल्टिमेटम दिएको छ।
- कम्पनीले तोकिएको समयमा रकम नबुझाएमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार सरकारी बाँकी सरह असुल उपर गरिने भएको छ।
काठमाडौँ । बबई सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार काम पूरा नगर्ने एक निर्माण कम्पनीलाई ५ करोड ३३ लाख रुपैयाँ भन्दा बढी रकम सरकारी खातामा दाखिला गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।
आयोजनाले वैशाख ४ गते एक सूचना जारी गर्दै गुलरिया, बर्दियाको अमन कन्स्ट्रक्सन कम्पनीलाई उक्त रकम बुझाउन निर्देशन दिएको हो ।
सूचना अनुसार कम्पनीले ५ करोड ३३ लाख ४२ हजार ९६.७ रुपैयाँ सरकारी बाँकी सरह बुझाउनुपर्ने छ । यसअघि आयोजनाले २०८२ साल चैत २ गते २१ दिनको समय दिएर पत्र काटे पनि कम्पनीले हालसम्म रकम दाखिला नगरेको आयोजनाले जनाएको छ ।
आयोजनाले दिएको ३५ दिनको समय सीमा भित्र तोकिएको बैंक खातामा रकम जम्मा गरी सक्कल भौचर पेस नगरेमा कडा कानुनी प्रक्रिया अपनाइने चेतावनी दिइएको छ ।
निर्धारित समयमा रकम नआएमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली २०७७ बमोजिम कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय मार्फत सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया अगाडि बढाइने आयोजना जनाएको छ ।
आयोजना र अमन कन्स्ट्रक्सनबिच आर्थिक वर्ष २०७७/७८ मा विभिन्न चार वटा ठेक्का सम्झौता भएका थिए । तर, कम्पनीले सम्झौता अनुसार काम नगरेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम ती सम्झौताहरू रद्द गरी कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय भएको थियो ।
आयोजनाको उक्त निर्णय विरुद्ध निर्माण कम्पनीले उच्च अदालतमा मुद्दा दायर गरे पनि अदालतले रिट खारेज गरिदिएको थियो । अदालतबाट रिट खारेज भएसँगै आयोजनालाई बाँकी काम अन्य प्रक्रियाबाट गराउँदा लाग्ने थप लागत रकम साबिकको निर्माण कम्पनीबाटै असुल गर्ने बाटो खुलेको हो ।
_mE9SH62gDA.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण