अपडेट
प्रतिनिधि सभाको शिक्षा समितिमा रास्वपा सांसद शेरचन बहुमतले निर्वाचित
शुक्रबार, ०४ वैशाख २०८३, १४ : २५
सारांश
- प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ओजश्वी शेरचन बहुमतले निर्वाचित भएकी छन् ।
- समितिमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन विजयी भएकी हुन् ।
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ओजश्वी शेरचन बहुमतले विजयी भएकी छन् ।
शिक्षा समितिमा रास्वपाबाट शेरचन र नेकपा एमालेका तर्फबाट गुरु बरालले प्रतिस्पर्धामा थिए । बैठकमा शेरचन बहुमतले निर्वाचित भएकी हुन् ।
समितिमा मत गणना नगरी बहुमत र अल्पमतका आधारमा निर्वाचित घोषणा गरिएको थियो । समितिमा रास्वपाको एक्लै बहुमत छ ।
एमाले सांसद बराललाई नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका सांसदले समर्थन गरेका थिए । तर, बहुमत पुगेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण