स्वास्थ्य सम्बन्धी ‘अनलाइन परामर्श’ मा कडाइ
काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत दिइँदै आएका स्वास्थ्यसम्बन्धी भ्रामक र असुरक्षित सल्लाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलका अनुसार पछिल्लो समय टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता प्लेटफर्महरूमा अनलाइन परामर्शका नाममा चिकित्सकहरूले बिरामीसँग सम्बन्धित भिडियो सार्वजनिक गर्ने, परीक्षण बिना औषधि सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी सामग्री प्रसारण गर्ने प्रवृत्तिप्रति ध्यानाकर्षण भएकाे हाे। शुक्रबार काउन्सिलले यस्ता अनलाइन परामर्शमा कडाइ गरेकाे हाे ।
काउन्सिलले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले प्रत्यक्ष परीक्षण, आवश्यक जाँच र दर्ता प्राप्त चिकित्सकको मूल्यांकन बिना औषधि प्रयोग गर्न सुझाव दिनु जोखिमपूर्ण हुने स्पष्ट पारेको छ। यस्ता गतिविधिले बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने, जटिलता बढाउन सक्ने र दीर्घकालीन क्षति निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्न गर्नैपर्ने अवस्था भएमा बिरामीको अनुहार र पहिचान नखुलाउन,सामाजिक सञ्जाल मार्फत परीक्षण बिना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण