बोर्ड बैठकमा सन्तोष नारायणले भने– म राजीनामा दिँदैछु
सारांश
- नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिने घोषणा गरेका छन्।
- बोर्ड बैठकमा उनले राजीनामा दिने तयारीबारे जानकारी गराउँदै सहयोगका लागि धन्यवाद दिएका छन्।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिने भएका छन् । शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकमा उनले राजीनामा दिन लागेको जानकारी सञ्चालहरूलाई गराएका हुन् ।
आज साँझ साढे ५ बजे बोर्ड सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा उनले आफू छिट्टै राजीनामा दिने तयारी गरेको भन्दै यस अवधिमा सहयोग गर्ने सञ्चालकहरूलाई धन्यवाद दिएको बोर्डका एक सदस्यले रातोपाटीलाई बताए।
उनलाई राजीनामा दिन यसअघि सरकारले पटकपटक दबाब दिँदै आएको थियो । तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले त बोर्डको कर्मचारी विनियमावलीमा रहेको व्यवस्था अनुसार कर्मचारीको सुविधा फिर्ता गर्न निर्देशन दिँदै उनलाई दबाब बढाएका थिए। त्यसबेला उनले राजीनामा दिएनन्।
बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि पनि उनलाई अनौपचारिक रूपमा पटकपटक राजीनामा दिन मन्त्रालयका अधिकारीहरूले सुझाएका थिए । आज मध्याह्न १२ बजेमात्रै बाेर्डको कार्यालय पुगेका श्रेष्ठले आफूले राजीनामा दिने तयारी गरेको निकटस्थहरूलाई बताएका थिए । सोही कुरा बोर्ड बैठकमा समेत राखेका हुन्।
धितोपत्र सम्बन्धी ऐनले बोर्डको अध्यक्षले नेपाल सरकार समक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्रीलाई राजीनामा बुझाउने र प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी स्वीकृत भएपछि सो पद रिक्त हुने व्यवस्था छ ।
यद्यपि अहिलेसम्म उनकाे राजीनामा मन्त्रालयमा पेस भएकाे छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण