सर्लाहीमा एक महिनामा १३२ अपराध दर्ता, ९६ जना पक्राउ
सारांश
- सर्लाही जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा १३२ वटा अपराध दर्ता गर्दै ९६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
- प्रहरीले एक महिनाको अवधिमा १५ वटा पेण्डिङ मुद्दा फर्छ्योट गर्नुका साथै राजस्व चुहावट र लागूऔषध नियन्त्रणमा सक्रियता देखाएको छ।
- चैत महिनामा भएका ९६ वटा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु र १२९ जना घाइते भएका छन्।
सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०८२–०८३ को चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेख्य गतिविधि भएको जनाएको छ । सार्वजनिक विवरणअनुसार एक महिनाको अवधिमा १३२ वटा अपराध दर्ता भएका छन् भने ९६ जना प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित विभिन्न मुद्दा दर्ता भएका छन् । जघन्य तथा गम्भीर प्रकृतिका बैंकिङ कसुर, जुवातास, ठगी तथा हातहतियारसम्बन्धी गरी ३५ वटा मुद्दा दर्ता भएका छन् ।
अनुसन्धानलाई तीव्रता दिँदै प्रहरीले १५ वटा पेण्डिङ मुद्दा सबै फर्छ्योट गरेको जनाएको छ । फैसला कार्यान्वयनतर्फ ५ जना पक्राउ परेका छन् भने उनीहरूबाट ८ वर्ष ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
सामाजिक पक्षतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी परेकोमा २६–४० वर्ष उमेर समूहका पीडित बढी रहेको तथ्यांक छ । हराएका ३२ जनामध्ये १६ जना फेला पारिनु सकारात्मक पक्ष भए पनि बाँकीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ ।
लागूऔषध नियन्त्रणमा प्रहरीले सक्रियता देखाउँदै ३७३.९५० केजी गाँजासहित अन्य लागूऔषध बरामद गर्दै ८ जना पक्राउ गरेको छ ।
यसैबिच, चैत महिनामा १८ जनाले ज्यान गुमाएको तथ्याङ्कले चिन्ता बढाएको छ । यस्ता घटना विशेषगरी १६–२५ र २६–३५ वर्ष उमेर समूहमा बढी देखिएको प्रहरीले जनाएको छ ।
शान्ति सुरक्षा कायम गर्न प्रहरीले व्यापक रूपमा गस्ती र चेकजाँच सञ्चालन गरेको छ । एक महिनामा ९,२१० वटा ड्युटी परिचालन गर्दै १८,४२० जना जनशक्ति खटाइएको छ ।
सवारी दुर्घटनातर्फ ९६ वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु र १२९ जना घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको प्रहरीको विश्लेषण छ । ट्राफिक कारबाहीबाट १३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।
त्यसैगरी, राजस्व चुहावट नियन्त्रणका क्रममा करिब ७ लाख ७७ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने ८० लिटर अवैध मदिरा नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण