विनवारीमा जैविक तटबन्ध निर्माण सुरु
कञ्चनपुर । दोदा नदीको कटानबाट उच्च जोखिममा रहेको लालझाडी गाउँपालिका–१ विनवारीमा जैविक तटबन्ध निर्माण सुरु गरिएको छ । गैरसरकारी संस्थासँगको लागत साझेदारीमा गाउँपालिकाले करिब ६ सय मिटर लामो तटबन्ध निर्माण सुरु गरेको हो ।
पेसवान र एनएनएसडब्लुए नामक संस्थासँगको सहकार्यमा योजना कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष निर्मल रानाले जानकारी दिए । उनका अनुसार तटबन्ध निर्माणका लागि गाउँपालिकाले २२ लाख दुई हजार ८८५ रूपैयाँ, पेसवानले १३ लाख ७४ हजार ७१८ रूपैयाँ र एनएनएसडब्लुएले सात लाख ६६ हजार ८४ रूपैयाँ लागत साझेदारी गरेका छन् ।
स्थानीय समुदायले एक लाख ३५ हजार रूपैयाँ बराबरको जनश्रमदान गर्नेछन् भने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अदक्ष कामदार परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
विनवारी क्षेत्रमा दोदा नदीले बर्सेनि जमिन कटान गर्दै आएको छ । सीमित बजेटका कारण तटबन्ध निर्माण सम्भव नभएपछि साझेदारीमा कार्य अगाडि बढाइएको अध्यक्ष रानाले बताए । “बर्सात सुरु हुनुअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,” उनले भने ।
पेसवानका प्राविधिक जनक लेखकका अनुसार हाल तटबन्ध निर्माणका लागि बाँस गाड्ने काम सुरु भइसकेको छ । “बाँस गाडेर र बुनेर संरचना तयार गरिन्छ, त्यसपछि जियोब्यागमा माटो भरेर राखिन्छ,” उनले भने, “तटबन्धलाई दिगो बनाउन भेटिभरजस्ता गहिरो जरा भएका बिरुवा रोपिन्छ ।”
तटबन्ध निर्माण सम्पन्न भएपछि विनवारीका १५० भन्दा बढी किसानको जमिन नदी कटानबाट सुरक्षित हुने छ । जैविक तटबन्ध वातावरणमैत्री र कम लागतमा निर्माण गर्न सकिने भएकाले दीर्घकालीन रूपमा प्रभावकारी समाधान हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण