बागमती प्रदेशसभा बैठक २ घण्टा ढिला गरी सुरु
आइतबार, ०६ वैशाख २०८३, १३ : ०१
सारांश
- बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको छ।
- आन्तरिक तयारीका कारण ढिला भएको बैठकमा विधेयक र संशोधन प्रस्तावमाथि छलफल हुनेछ।
मकवानपुर । निर्धारित समयभन्दा ढिला गरी बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक करिब २ घण्टा ढिला गरी सुरु भएको हो । बैठक दिउँसो १ बजेटबाट सुरु भएको हो ।
प्रदेशसभाको आन्तरिक तयारीका लागि केही समय लाग्दा बैठक सञ्चालन ढिला भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने २ वटा विधेयक र सो विधेयक माथि परेका संशोधन प्रस्तावबारे छलफल हुनेछ ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण