अमेरिकासँग अर्को वार्ताको मिति तय भएको छैन : इरान
सारांश
- इरानले अमेरिकासँगको अर्को चरणको वार्ताको मिति अझै तय नभएको स्पष्ट पारेको छ।
- दुवै पक्षबिच समझदारीको रूपरेखामा सहमति नभएसम्म नयाँ बैठक आयोजना गर्न नसकिने उपविदेशमन्त्री सईद खातिबजादेहले बताएका छन्।
तेहरान । इरानले अमेरिकासँग अर्को वार्ताको मिति तय नभएको बताएको छ । इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले इरान र अमेरिकाबिच हुने अर्को चरणको वार्ताको मिति अझै तय नभएको बताएका हुन् । उनले दुवै पक्षबिच समझदारीको रूपरेखामा सहमति नभएसम्म नयाँ बैठक तय गर्न नसकिने स्पष्ट पारे ।
टर्कीको एन्टालियामा आयोजित कूटनीतिक फोरमका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामी अहिले समझदारीको ढाँचा अन्तिम रूप दिन केन्द्रित छौँ । असफल हुने वा तनाव बढाउने बहाना बन्ने वार्तामा हामी जान चाहँदैनौँ ।’
पछिल्लो उच्चस्तरीय वार्ता इस्लामवादमा सम्पन्न भए पनि कुनै ठोस सहमति हुन सकेको थिएन । यो वार्ता सन १९७९ को इरानी क्रान्ति पछिको सबैभन्दा उच्चस्तरीय संवाद मानिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै थप प्रत्यक्ष वार्ता हुनसक्ने सङ्केत दिएका थिए । तर कूटनीतिज्ञहरूका अनुसार स्थान र तयारीका कारण तुरुन्तै वार्ता हुने सम्भावना कम देखिन्छ ।
खतिबजादेहले अमेरिकी पक्षले इरानको आणविक कार्यक्रमबारे ‘अत्यधिक माग’ राखेको आरोप लगाउँदै त्यसले सहमति हुन नदिएको बताए । उनका अनुसार अमेरिका इरानलाई अन्तर्राष्ट्रिय कानुनभन्दा फरक व्यवहार गर्न खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
-
विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण