१० बजे १० समाचार : पार्टी ‘फुटको डेडलाइन’ ले राप्रपामा तरङ्ग, कांग्रेसमा नयाँ पार्टी गठनसम्मको बहस
काठमाडौँ । आज मिति २०८३ साल वैशाख महिनाको ६ गते आइतबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ ।
१. कांग्रेसमा नयाँ पार्टी गठन गर्नेसम्मको बहस
नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा समूहको छलफलमा ४ नेताले नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने विषय उठाएका छन् । आइतबार भएको बैठकमा उनीहरुले सो विषय उठाएका हुन् ।
२. रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा रास्वपा सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गर्दै जिल्ला अधिवेशन कार्यविधि पनि स्वीकृत गरेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
३. प्रचण्ड–माधवलाई सक्रिय भूमिकाबाट बाहिरिन दबाब
नेकपाको केन्द्रीय संयोजन समितिको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको छ। बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाललाई सक्रिय भूमिकाबाट बाहिरिन दबाब बढ्दै गएको छ ।
४. पार्टी ‘फुटको डेडलाइन’ले राप्रपामा तरङ्ग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले ‘डेडलाइन’ नै तोकेर जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने चेतावनी दिएपछि पार्टीभित्र तरङ्ग उत्पन्न भएको छ । राप्रपाको विवाद उग्र बनिरहेको बेला राणाले ‘डेडलाइन’ नै तोकेर यस्तो अभिव्यक्ति दिएपछि पार्टीभित्र थप तरङ्ग उत्पन्न भएको हो ।
५.मल खरिद प्रक्रिया अवरुद्ध
पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको आपूर्तिमा अवरोध र मूल्य वृद्धि हुँदा नेपालमा मलको संकट गहिरिएको छ।
६. प्रश्नको घेरामा सुधन गुरुङ
गृहमन्त्रीको शपथ लिएको एक महिना नपुग्दै रास्वपा सांसद समेत रहेका सुधन गुरुङ गम्भीर प्रश्नको घेरामा परेका छन् ।
७. नयाँ भन्सार नियमले सीमामा उकुसमुकुस
नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाउने सरकारी निर्णयले स्थानीय जनजीवन प्रभावित बनेको छ।
८. कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न वैशाख ८ गते मंगलबार निर्वाचन हुने भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार दलको नेताको निर्वाचन हुने कार्यक्रम तय भएको भन्दै एसएमएस पठाएको छ ।
९. अब घरबाटै ‘नो अब्जेक्सन लेटर’
वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूले अब घरबाटै अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त गर्न सक्ने भएका छन्।
१०. एमाले–नेकपा एकता प्रसंग
नेकपा एमाले र नेकपाबीच पार्टी एकताको चर्चा चले पनि दुवै दलका शीर्ष नेताहरूले यसलाई अस्वीकार गरेका छन्।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण