राप्रपाको असन्तुष्ट पक्ष किन पुग्यो विजयवास ?
सारांश
- राप्रपाको असन्तुष्ट पक्षले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गराउन पहल गरिदिन पूर्वअध्यक्षहरूसँग आग्रह गरेको छ।
- धवलशमशेर राणाको नेतृत्वमा गएको टोलीले जेठ महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाउन माग गरेको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्ट पक्षले पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नका लागि पहल गरिदिन आग्रह गर्दै पूर्वअध्यक्षहरूसँग भेट गरेको छ ।
आइतबार नेता धवलशमशेर राणाको नेतृत्वमा गएको असन्तुष्ट टोलीले पूर्वअध्यक्ष पशुपति शमशेर राणाको निवास ‘विजयवास’ पुगेर पार्टीका अभिभावकहरूलाई भेटेको हो ।
भेटका क्रममा उनीहरूले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी जेठ महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्। टोलीले पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासँगै नेताहरू नवराज सुवेदी र हरिबहादुर बस्नेतलाई समेत भेटेर ध्यानाकर्षण गराएको नेता सगुन सुन्दर लावतीले जानकारी दिए ।
सो क्रममा केन्द्रीय कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरिसकेकाले तत्काल मिति घोषणा गरी अन्योलता चिर्नुपर्ने धारणा राणाले राखेका थिए । यसैगरी महाधिवेशनलाई धाँधलीरहित र विश्वसनीय बनाउन कुनै निष्पक्ष व्यक्तित्वको संयोजनमा प्रक्रिया अगाडि बढाउनुपर्ने समेत उनीहरूको भनाइ थियो ।
पार्टीलाई नयाँ ऊर्जा र ताजेगी दिन महाधिवेशनको विकल्प नभएको भन्दै रोकेर राखिएको प्रक्रिया तत्काल खुला गर्नुपर्ने असन्तुष्ट पक्षको भनाइ छ ।
नेता लावतीले पार्टीको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै नयाँ नेतृत्व र नयाँ कार्यदिशाका लागि महाधिवेशन अनिवार्य भएको र यसमा अभिभावकहरूले ठोस पहल गर्नुपर्ने माग राखिएको बताए ।
पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर विवाद बढ्दै जाँदा असन्तुष्ट पक्ष पूर्वअध्यक्षहरू कहाँ पुगेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण