पेट्रोलियमको मूल्यवृद्धिबारे जेन्जी २.० द्वारा सरकारको ध्यानाकर्षण
सारांश
- जेन्जी २.० ले पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिका कारण सर्वसाधारणको जीवनयापन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
- इन्धनको मूल्यवृद्धिका कारण बजारमा दैनिक उपभोग्य वस्तु र सेवाको लागत बढेकोले सरकारलाई तत्काल प्रभावकारी हस्तक्षेप गर्न आग्रह गरिएको छ।
- जेन्जी २.० ले पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता र कर पुनरावलोकनमार्फत राहत प्रदान गर्न माग गरेको छ।
काठमाडौँ । पेट्रोलियम पदार्थमा भइरहेको निरन्तर मूल्यवृद्धिले सर्वसाधारणको जीवनयापन कष्टकर बनेको भन्दै जेन्जी २.० ले सरकारको ध्यानाकर्षण गराएको छ। इन्धनको मूल्य बढेसँगै बजारमा दैनिक उपभोग्य वस्तु र सेवाको लागत अचाक्ली बढेको भन्दै सो समूहका प्रवक्ता अविन लिम्बुले एक विज्ञप्ति जारी गरी तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेका हुन्।
प्रवक्ता लिम्बुले जारी गरेको वक्तव्यमा पछिल्लो समय इन्धनको मूल्यमा भएको वृद्धिले यातायात मात्र नभई खाद्यान्न, निर्माण सामग्री र दैनिक उपभोगका हरेक क्षेत्रमा महंगीको चक्र सुरु भएको उल्लेख छ। घट्दो आम्दानी र बढ्दो खर्चका बीच मध्यम तथा निम्न वर्गका नागरिकहरू सबैभन्दा बढी मारमा परेको विज्ञप्तिमा जनाइएको छ। हालको आर्थिक संकटलाई ध्यानमा राख्दै सरकारले बजारमा प्रभावकारी हस्तक्षेप गर्नुपर्ने जेन्जी २.० को ठहर छ।
मूल्य नियन्त्रणका लागि जेन्जी २.० ले सरकारसमक्ष केही ठोस मागहरू समेत प्रस्तुत गरेको छ। उसले पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियालाई पारदर्शी बनाउन, इन्धनमा लाग्दै आएको कर तथा भन्सार शुल्कमा पुनरावलोकन गरी मूल्य घटाउन र बढ्दो महंगी रोक्न दीर्घकालीन नीति ल्याउन माग गरेको छ।
आम नागरिकलाई तत्काल राहत दिने कार्यक्रमहरू कार्यान्वयन गर्न दबाब दिँदै जेन्जी २.० ले देशको आर्थिक स्थायित्व र नागरिकको हितका लागि सरकार जिम्मेवार बन्नुपर्ने चेतावनी दिएको छ। यदि सरकारले समयमै जनहितमा निर्णय नलिए यसले समग्र आर्थिक र सामाजिक क्षेत्रमा थप जटिलता निम्त्याउने प्रवक्ता लिम्बुले स्पष्ट पारेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण