गृहमन्त्री गुरुङको स्पष्टीकरणः मिडिया ट्रायल उनीहरूको छटपटी मात्र हो
काठमाडौँ । पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदार भएको समाचार बाहिरिएसँगै गृहमन्त्री सुधन गुरुङले सोमबार राति फेसबुकमार्फत स्पष्टीकरण दिएका छन् ।
उनले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको भन्दै भ्रष्टाचारविरुद्धको कारबाही कुनै हालतमा नरोकिने लेखेका छन् ।
गृहमन्त्री गुरुङले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, 'वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन ।'
उनले भ्रष्टाचारविरुद्धको कारबाहीमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै ठुला भ्रष्टाचारीहरूमाथि यत्तिको मेहनत नदेखिएकोमा असन्तुष्टि जनाएका छन् । 'दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ,' उनले थप लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण