कर्णालीका यातायात कार्यालयबाट ९ महिनामा २५ करोड बढी राजस्व सङ्कलन
सारांश
- कर्णाली प्रदेशका यातायात कार्यालयहरूले चालु आर्थिक वर्षको ९ महिनामा २५ करोड ८१ लाख ४० हजार राजस्व सङ्कलन गरेका छन्।
- प्रदेशमा रहेका सुर्खेत, चौरजहारी र जुम्लास्थित यातायात व्यवस्था कार्यालयहरूबाट सो राजस्व सङ्कलन भएको हो।
- मन्त्रालयका अनुसार सबैभन्दा धेरै राजस्व सवारी साधन कर शीर्षकबाट २० करोड ९६ लाख भन्दा बढी सङ्कलन भएको छ।
सुर्खेत । कर्णाली प्रदेशमा रहेका यातायात कार्यालयहरूले चालु आर्थिक वर्षको ९ महिनामा २५ करोड बढी राजस्व सङ्कलन गरेका छन् ।
चैत्र मसान्तसम्म सुर्खेत, चौरजहारी र जुम्लामा रहेका यातायात व्यवस्था कार्यालयहरूले २५ करोड ८१ लाख ४० हजार बराबरको राजस्व सङ्कलन गरेका हुन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार, सबैभन्दा धेरै राजस्व प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरस्थित सुर्खेत यातायात व्यवस्था कार्यालयले सङ्कलन गरेको छ ।
उक्त कार्यालयले ९ महिनामा एक्लै २२ करोड २७ लाख ४८ हजार राजस्व सङ्कलन गरेको हो ।
रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात कार्यालयले २ करोड ४५ लाख २२ हजार र जुम्लामा रहेको कार्यालयले १ करोड ८ लाख ६९ हजार राजस्व सङ्कलन गरेका छन् ।
चैत्र महिनामा मात्रै यी तीन वटा कार्यालयले झन्डै ८७ लाख बराबर राजस्व सङ्कलन गरेका छन् ।
मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार, यातायाततर्फ सबैभन्दा धेरै सवारी सधानको कर उठ्छ । यो शीर्षकमा मात्रै ९ महिनामा २० करोड ९६ लाख ८५ हजार १८८ रुपैयाँ उठेको छ ।
सुर्खेत कार्यालय एक्लैले १८ करोड २९ लाख २४ हजार, जुम्ला कार्यालयले ५१ लाख ३८ हजार ७०३ र चौरजहारी कार्यालयले २ करोड १६ लाख २२ हजार ४२६ रुपैयाँ सवारी सधान कर उठाएका छन् ।
रुट परमिट शीर्षकमा ७९ लाख ५३ हजार राजस्व सङ्कलन भएको । यो शीर्षकमा सुर्खेत कार्यालयले ६४ लाख ४० हजार, जुम्ला कार्यालयले १५ लाख १३ हजार रुपैयाँ उठाउँदा चौरजहारी कार्यालयले यो शीर्षकमा कुनै राजस्व सङ्कलन गरेको छैन ।
सवारी दर्ता र दस्तुर शीर्षकमा ४ करोड २ लाख २० हजार रकम सङ्कलन भएको छ, जसमध्ये सबैभन्दा धेरै सुर्खेत कार्यालयले ३ करोड ३१ लाख ३७ हजार रुपैयाँ सङ्कलन गरेको छ ।
जुम्लाले ४२ लाख १६ हजार र चौरजहारीले २८ लाख ६६ हजार रुपैयाँ सङ्कलन गरेका छन् ।
प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा सुर्खेतले २ लाख ४६ हजार, जुम्लाले १ हजार ५७५ र चौरजहारीले ३३ हजार ३१५ रुपैयाँ राजस्व सङ्कलन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण