काठमाडौँमा विजय शाहसँग सम्बन्धित घटनाप्रति गम्भीर प्रश्न, छानबिनको माग
मङ्गलबार, ०८ वैशाख २०८३, १९ : ४९
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहसँग सम्बन्धित एक घटनाले राजधानीमा राजनीतिक तथा सामाजिक वृत्तमा चासो र चिन्ता बढाएको छ। आज दिउँसो काठमाडौँमा उनलाई पछ्याएर मोबाइल नियन्त्रणमा लिएको भनिएको घटनालाई लिएर छानबिनकाे माग गरिएको छ।
यस घटनामा राज्य संयन्त्रको संलग्नता रहेको हो वा अन्य कुनै समूह प्रयोग गरिएको हो भन्नेबारे तत्काल छानबिन आवश्यक रहेको जेनजी मुभमेन्ट नेपालका सहसंयाेजक दीपक रानाले बताए । गृहमन्त्री सुधन गुरुङको निर्देशनमा सिभिल प्रहरी परिचालन भएको हो कि होइन भन्ने प्रश्नको समेत जवाफ खोजिएको छ।
सम्बन्धित पक्षहरूले विजय शाहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, उनीमाथि कुनै पनि प्रकारको क्षति पुगेमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने जेनजी मुभमेन्ट नेपालले बताएकाे छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण