भोजपुर गोल्ड कप : केपिलासगढी गाउँपालिकालाई हराउँदै सात दोवाटो युथ क्लव सेमी फाइनलमा
भोजपुर । भोजपुरको प्रतिष्ठित भोजपुर गोल्डकप अन्तर्गतको मङ्गलबार भएको तेश्रो खेलमा केपिलासगढी गाउँपालिका खोटाङलाई हराउँदै सातदोवाटो युथ क्लव ललितपुर सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित खेलमा सातदोवाटोले ३–० गोलले केपिलासगढीलाई पराजित गर्दे सेमीफाइनलको यात्रा तय गरेको हो ।
सातदोवाटोको लागि जर्सी नम्वर १८ का विकास दर्लामी मगर, जर्सी नम्वर ६ का समिर तामाङ र जर्सी नम्वर ३३ का प्रज्जवल चौधरीले १–१ गोल गरेका थिए भने केपिलासगढीका तर्फबाट कुनै गोल हुन सकेन ।
भोलि बुधबारको अन्तिम खेल प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँ रद गोर्खाज फुटबल क्लब, उदयपुरकाबिचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए।
भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको ३० लाख मुख्य प्रायोजनमा भोजपुर नगरपालिका–७, कोदारमा रहेको रङ्गशालामा नवौँ संस्करणकारूपमा गत वैशाख ६ गतेदेखि प्रतियोगितामा सुरु भएको हो।
प्रतियोगितामा एपीएफ नेपाल, एलएक्स सिटी मोरङ्ग, आयोजक भोजपुर जिल्ला फुटवल सङ्घ, सङ्खुवासभा ११, सङ्खुवासभा, सातदोवाटो युथ क्लव ललितपुर, केपिलासगढी गाउँपालिका खोटाङ्ग, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ रद गोर्खाज फुटबल क्लब उदयपुर गरी आठ वटा टिमले सहभागिता जनाएका छन्।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख प्राप्त गर्ने छन्। अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण