शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मंगलबार ४२ फर्ममा विभागको अनुगमन

बुधबार, ०९ वैशाख २०८३, ०० : ३४
बुधबार, ०९ वैशाख २०८३

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ ।

विभागले मङ्गलबार काठमाडौँको चुच्चेपाटी, जोरपाटी, चाबहिललगायतका स्थानमा एकै पटक अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ । बजारलाई स्वच्छ बनाउन, कानुन कार्यान्वयन गराउन र उपभोक्ता अधिकारको संरक्षण गर्न नियमित रूपमा बजार अनुगमन गरिएको विभागले प्रस्ट पारेको छ । विभागले उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा नियमित अनुगमन गरिएको प्रस्ट पारेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम विभागले ती फर्मलाई कानुनको परिपालना गरी व्यवसाय गर्न आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप