मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
बुधबार, ०९ वैशाख २०८३, ०० : ४७
सारांश
- धनुषाको मिथिला नगरपालिकामा मोटरसाइकलको ठक्करबाट ३१ वर्षीया विनिताकुमारी महतोको मृत्यु भएको छ।
- दुर्घटनामा परी १६ वर्षीया किशोरी, आठ महिनाकी शिशु र मोटरसाइकल चालक गरी तीन जना घाइते भएका छन्।
धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलको ठक्करबाट मिथिला नगरपालिका–६, ढल्केबरकी ३१ वर्षीया विनिताकुमारी महतो गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउँदा चिकित्सकले मृत घोषणा गरे ।
दुर्घटनामा १६ वर्षीया अनुष्काकुमारी महतो र आठ महिनाकी बालिका घाइते भएकी छिन् । साथै मोटरसाइकल चालक मिथिला नगरपालिका–८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएका छन् । घाइतेको ढल्केबरस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण