आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

प्राकृतिक सौन्दर्यता र संस्कृतिको सङ्गम भच्चेक आन्तरिक पर्यटनको उदीयमान गन्तव्य बन्दै (तस्बिरहरू)

बुधबार, ०९ वैशाख २०८३, ०९ : ००
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेक बजार आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ।
  • समुद्र सतहबाट १,७५० मिटर उचाइमा रहेको भच्चेकबाट विभिन्न हिमश्रृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
  • स्थानीय नम्की गाउँमा सञ्चालित होमस्टेहरूले पर्यटकलाई सांस्कृतिक अनुभव र स्थानीय परिकार प्रदान गरिरहेका छन्।

गोरखा । अजिरकोट गाउँपालिकाको भच्चेक बजार पछिल्ला दिनहरूमा आन्तरिक पर्यटकहरूको रोजाइमा पर्दै गएको छ। समुद्र सतहबाट करिब १,७५० मिटर उचाइमा अवस्थित यस स्थानको शान्त वातावरण, चिसो हावापानी र वरिपरि देखिने हिमाली दृश्यहरूले यहाँ पुग्ने जो–कोहीलाई आकर्षित गर्ने गर्छ।

सडक पहुँच सहज भएसँगै पर्यटकहरू यहाँ पुगेर प्रकृतिको आनन्द लिन आउने क्रम बढ्दो छ। भच्चेकबाट गोरखा र लमजुङका फाँटहरूका साथै सफा मौसममा हिलचुली, गणेश र अन्नपूर्ण हिमश्रृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

bhachak Gorkha (2)

स्थानीय गुरुङ, तामाङ, ब्राह्मण र क्षेत्री समुदायको बसोबास रहेको यस क्षेत्रमा सांस्कृतिक विविधता पनि उत्तिकै समृद्ध छ। नजिकैको नम्की गाउँमा सञ्चालनमा रहेका होमस्टेहरूले स्थानीय परिकार र सांस्कृतिक कार्यक्रममार्फत पर्यटकलाई गाउँले जीवनशैली अनुभव गराउँदै आएका छन्।

bhachak Gorkha (7)

प्राकृतिक सौन्दर्य र सांस्कृतिक अनुभवको सङ्गम बनेको भच्चेक आन्तरिक पर्यटनको उदीयमान गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

bhachak Gorkha (3)bhachak Gorkha (4)bhachak Gorkha (5)bhachak Gorkha (6)bhachak Gorkha (8)bhachak Gorkha (9)bhachak Gorkha (10)bhachak Gorkha (11)bhachak Gorkha (12)bhachak Gorkha (13)bhachak Gorkha (14)bhachak Gorkha (15)bhachak Gorkha (16)bhachak Gorkha (17)bhachak Gorkha (18)bhachak Gorkha (19)bhachak Gorkha (20)bhachak Gorkha (21)bhachak Gorkha (22)bhachak Gorkha (23)bhachak Gorkha (24)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप