नेपाल–भारत सीमामा गरिएको कडाइप्रति संसदीय समितिमा महन्थ ठाकुरको विरोध
सारांश
- लोसपा अध्यक्ष महन्थ ठाकुरले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति असन्तुष्टि जनाएका छन्।
- सीमामा सुरक्षाको नाममा सर्वसाधारणलाई अनावश्यक दुःख दिने काम भइरहेको उनको भनाइ छ।
- उनले सीमा क्षेत्रका नागरिकको सहज आवतजावतका लागि उचित व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष तथा सांसद महन्थ ठाकुरले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति विरोध जनाएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ को बैठकमा बोल्दै नेता ठाकुरले सीमा क्षेत्रमा गरिएको अनावश्यक कडाइले मधेस र सिमाना आसपासका नागरिकले दैनिक सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ठाकुरले नेपाल र भारतबिचको खुल्ला सिमाना र सदियौँदेखिको सामाजिक, सांस्कृतिक तथा रोटी–बेटीको सम्बन्धलाई सुरक्षा वा भन्सारको नाममा प्रभावित पार्न नहुनेमा जोड दिएका छन् । उनले घरायसी प्रयोजन र दैनिक उपभोग्य सामान किनमेलका लागि सीमा वारपार गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीबाट अनावश्यक दुःख दिने काम भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘सीमा क्षेत्रमा बसोबास गर्ने मधेसी जनताको जनजीवन र दैनिकी प्रत्यक्ष रूपमा पारिको बजारसँग जोडिएको छ,’ ठाकुरले बैठकमा भने, ‘तर, अहिले सिमानामा गरिएको कडा जाँच र निगरानीले गर्दा आम नागरिकले पाइला(पाइलामा सास्ती खेप्नुपरेको छ । सर्वसाधारणलाई अपराधी जस्तो व्यवहार गर्न बन्द गरिनुपर्छ ।’
उनले सीमामा हुने चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने कुरामा दुई मत नरहे पनि त्यसको नाममा सर्वसाधारण नागरिकलाई आतङ्कित पार्ने र दुःख दिने प्रवृत्ति स्वीकार्य नहुने बताए ।
ठाकुरले सरकारलाई तत्काल सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइने सास्ती रोक्न र दैनिक जीवनयापनका लागि सहज आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा मधेसलाई उपेक्षा नगर्न आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण