अमेरिका–इरान वार्ता अनिश्चित, इस्लामावादमा अन्योल
सारांश
- अमेरिका र इरानबिच पाकिस्तानको पहलमा हुन लागेको वार्ता अझै अनिश्चित बनेको छ ।
- अमेरिकाले लगाएको नाकाबन्दी र अन्य विवादित मुद्दाका कारण इरान वार्तामा सहभागी हुने सम्भावना कम देखिएको छ ।
- अमेरिकी उपराष्ट्रपति जेडी भान्सको प्रस्तावित पाकिस्तान भ्रमण पनि स्थगित गरिएको छ ।
वाशिङटन डीसी । पाकिस्तानको पहलमा अमेरिका र इरानबिच सम्भावित वार्तालाई लिएर अझै अन्योल कायम रहेको छ । वार्ता इस्लामावादमा हुने अपेक्षा गरिए पनि ‘चाँडै हुने सम्भावना कम’ देखिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ र सेना प्रमुख असिम मुनिरले मंगलबार अमेरिकी प्रशासनसँग सम्पर्क गरी युद्धविराम थप गर्न आग्रह गरेका थिए ।
त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले युद्धविराम लम्ब्याउने घोषणा गरे । तर वार्तामा सबैभन्दा ठुलो अवरोध स्टेट अफ होर्मुज र इरानी बन्दरगाहमाथि अमेरिकाले लगाएको नाकाबन्दी बनेको छ । साथै लेबनानमा भइरहेका युद्धविराम उल्लङ्घन र युरेनियम संवर्द्धनसम्बन्धी मुद्दाहरू पनि विवादका विषय बनेका छन् ।
पाकिस्तानले एक हप्तादेखि अमेरिकी वार्ता टोलीलाई स्वागत गर्न तयारी गरिरहेको भए पनि इरानको तर्फबाट सहभागिताबारे अझै स्पष्ट सङ्केत आएको छैन । विश्लेषकहरूका अनुसार जबसम्म अमेरिकाले नाकाबन्दी खुकुलो बनाउनेतर्फ कदम चाल्दैन तबसम्म इरानी टोली वार्तामा सहभागी हुने सम्भावना कम छ ।
यसैबिच अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण पनि स्थगित गरिएको छ । हाल कूटनीतिक प्रयासहरू तीव्र रूपमा जारी छन् र सबैको ध्यान इरानमाथि केन्द्रित छ ।
इरानी उच्च अधिकारीहरूले वार्ता तर्कहीन भनिरहेका छन् । त्यसैले वार्ता अझै अनिश्चित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण