यस पटकको निर्वाचनमा कसैको ‘सिकायत’ रहेन : रामप्रसाद भण्डारी
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी सम्प्रेषित समाचार सामग्रीसहितको प्रतिवेदन ग्रहण कार्यक्रममा उनले निर्वाचन सम्पन्न गर्न तदारुकता र इच्छाशक्तिसँगै समय र मौसमलगायत परिस्थितिले पनि साथ दिएको स्पष्ट पारे।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, “प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सबै कार्यक्रम शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयो । पुनः मतगणना, बदर र पुनः निर्वाचनको ‘सिकायत’ कहीँकतै भएन ।”
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नका लागि सञ्चारमाध्यमको पनि अहम भूमिका हुने भन्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, “पहिलेका निर्वाचन पनि हामीले देखे भोगेकै हौँ, चुनाव भन्यो कि शान्ति सुरक्षाको कुरा आइनै हाल्छ, तर यसपटक सबैतिरबाट यस्तो वातावरण बन्न सक्यो कि चुनावका लागि बन्दुक त के लौरो उठाउनुपर्ने अवस्था पनि आएन । यसका लागि निर्वाचन आयोग सबैप्रति कृतज्ञ छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण