सुकुमबासी बस्ती खाली गर्नेबारे काठमाडौँका प्रजिअले थाले छलफल
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सुकुमबासी बस्ती हटाउने विषयमा छलफल सुरु गरेका छन्।
- बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिका प्रमुखहरूको बैठक बसिरहेको छ।
- बैठकमा बस्ती हटाउन आवश्यक सुरक्षा योजना तयार गरी लागु गर्नेबारे छलफल भइरहेको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुकुमबासी बस्ती हटाउन निर्देशन दिएसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला स्थित सुरक्षा प्रमुखहरूसँग छलफल सुरु गरेका छन् । बिहान ११ बजेदेखि बबरमहल स्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।
बैठकमा काठमाडौँका एसएसपी रमेश थापा, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सैनिक प्रतिनिधि सहभागी छन् । बुधबार प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूलाई बोलाएर आगामी शनिबार र आइतबारमा थापाथली स्थित सुकुमबासी बस्ती हटाउन निर्देशन दिएका थिए ।
सो निर्देशनपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला सुरक्षा समितिको बैठक बोलाएका हुन् । जिल्ला प्रशासन कार्यालयका एकजना अधिकृत भन्छन्, ‘आज जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।’
बैठकमा सुकुमबासी बस्ती खाली गर्नेबारे छलफल गरिने र सुरक्षा योजना तयार गरेर लागु गरिने सुरक्षा अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण