भूकम्पपछि बनेको लाप्राक नमुना बस्ती सुनसान, पर्यटकका लागि भने आकर्षणको केन्द्र
सारांश
- गोरखाको लाप्राकमा भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निर्माण गरिएको नमुना बस्तीमा हाल थोरै परिवार मात्र बसोबास गरिरहेका छन्।
- बस्तीका अधिकांश घरहरू खाली र सुनसान भए पनि सडक सञ्जालको सहजताले गर्दा यहाँ आन्तरिक पर्यटकको आगमन बढिरहेको छ।
गोरखा । २०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी महाभूकम्पले गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकको ऐतिहासिक गुरुङ बस्ती पूर्ण रूपमा ध्वस्त बनाएको थियो।
_yRENity2bV.jpg)
भूकम्पपछिको पुनर्निर्माणका क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए), तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीच २०७३ वैशाख १२ गते भएको त्रिपक्षीय सम्झौताअनुसार लाप्राकका भूकम्पपीडितका लागि गुप्सीपाखामा एकीकृत नमुना बस्ती निर्माण गरिएको थियो।
_43d9CIYsxg.jpg)
करिब ३२६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त नमुना बस्तीमा कुल ६०४ वटा घर निर्माण गरिएका छन्। तीमध्ये ५७३ घर एनआरएनएले निर्माण गरेको हो भने बाँकी घर नेपाल सरकारको भूकम्प राहत कार्यक्रमअन्तर्गत बनेका हुन्। तर, यति ठूलो पूर्वाधार निर्माण भए पनि हाल उक्त बस्तीमा करिब ६० परिवार मात्र बसोबास गर्दै आएका छन्। अधिकांश घर खाली रहेका छन् भने बस्ती सुनसानजस्तै देखिन्छ।
_uEObt74EtD.jpg)
स्थानीय जनप्रतिनिधिका अनुसार निर्माणको गुणस्तरप्रति गम्भीर प्रश्न उठेका छन्। धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङका अनुसार घरहरूमा प्लास्टिकका झ्यालढोका प्रयोग गरिएको, कोठाहरू साना रहेका तथा धेरै संरचना पूर्ण रूपमा सम्पन्न नभएको देखिन्छ।
_Ghfk1b8YuX.jpg)
उनले भने, ‘बस्तीमा बस्न थालेका परिवारहरूले पनि घरलाई बस्नयोग्य बनाउन थप २ लाखदेखि ४ लाख रुपैयाँसम्म खर्च गर्नुपरेको छ।’ काठका झ्यालढोका राख्न, ढुङ्गा छाप्न तथा भित्री संरचना सुधार गर्न स्थानीयले थप लगानी गर्नुपरेको उनले बताए।
_etKzMbumhD.jpg)
लाप्राक गाउँ पहिलेदेखि नै पहिरोको जोखिममा रहेको र स्थानीयको खेतीपाती पनि पुरानै गाउँ क्षेत्रमा हुने भएकाले धेरैजसो स्थानीय नमुना बस्तीमा सर्न इच्छुक नभएको जनाइएको छ।
_FD9XswMsPu.jpg)
यद्यपि, सडक सञ्जाल विस्तार भएसँगै अहिले लाप्राक पुग्न सहज भएको छ र सार्वजनिक बस सेवासमेत सञ्चालनमा आएको छ। दुर्गम क्षेत्र मानिने लाप्राकमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको स्थानीयहरू बताउँछन्।
_wvNEIfNsLD.jpg)
_GgJYHd0J18.jpg)
_Dz4d8wQ7ji.jpg)
_jqUxZ3EYRn.jpg)
_OgS1BT8KAw.jpg)
_hhb27gSIFM.jpg)
_ZmA6A1jD0t.jpg)
_kt6mFgGY8L.jpg)
_tM6fwVnXN5.jpg)
_f5kIT4RbD7.jpg)
_N7WF3gMSIp.jpg)
_6IUkj7jm0N.jpg)
_eoUgminoz1.jpg)
_Zlzaj5Ci0c.jpg)
_2x4qFZ6GUO.jpg)
_Hnlq7ezjZL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
-
लागूऔषधसहित सासु बुहारी पक्राउ
-
नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
-
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण