समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु
बिहीबार, १० वैशाख २०८३, १५ : ५३
सारांश
- प्रधानमन्त्रीको सचिवालयका अनुसार संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको दोस्रो बैठक सुरु भएको छ।
- बैठकमा राजनीतिक दलहरूले दिएका सुझाव र संविधान संशोधनका मुद्दाहरूमा विस्तृत छलफल भइरहेको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।
आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूका बारेमा विस्तृत छलफल हुने बताइएको छ । यसका साथै कार्यदलले आगामी दिनमा गर्ने कामकारबाही र प्रस्तावित कार्ययोजनाका विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ ।
संविधानलाई थप परिष्कृत र समयसापेक्ष बनाउनका लागि राजनीतिक दलहरूको सुझावलाई समेत समेटेर साझा बहसपत्र तयार गर्ने जिम्मेवारी यो कार्यदललाई दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण