टिकटकमा ‘रोहन राजपुत’ बनेर ४० भन्दा बढी महिलालाई सम्पर्क, ठगीमा संलग्न युवक पक्राउ
सारांश
- टिकटकमा ‘रोहन राजपुत’ बनेर ठगी गर्ने सुशन थेगिम लिम्बुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
- अभियुक्तले अमेरिकाबाट महँगो उपहार पठाएको भन्दै भन्सार शुल्कका नाममा ४० भन्दा बढी महिलासँग ठगी गरेको खुलेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने बहानामा ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफोगथुम गाउँपालिका–६ घर भई हाल काठमाडौँ बस्ने २७ वर्षीय सुशन थेगिम लिम्बु (सुजन लिम्बु) रहेका छन् ।
प्रहरीका अनुसार लिम्बुले सामाजिक सञ्जाल टिकटकमा ‘रोहन राजपुत’ नामको नक्कली प्रोफाइल बनाएर नेपाली महिलाहरूसँग साथी बन्ने र प्रेमको नाटक गर्ने गरेका थिए ।
उनले पीडित महिलालाई आफूले अमेरिकाबाट डलर र महँगा गरगहनाहरू उपहार स्वरूप ‘डीएचएल’ मार्फत पठाएको र उक्त सामान काठमाडौँ विमानस्थलमा आइपुगेको भन्दै भ्रममा पार्ने गरेका थिए ।
सामान बुझ्नका लागि भन्सार शुल्क र ट्याक्स तिर्नुपर्ने भन्दै उनले ह्वाट्सएपमार्फत सम्पर्क गरी पीडितबाट २ लाख रुपैयाँ विभिन्न बैंक खातामा जम्मा गर्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा लिम्बुले प्रयोग गर्ने ह्वाट्सएप नम्बरबाट ४० जनाभन्दा बढी नेपाली महिलाहरूलाई सम्पर्क गरी ठगी गर्ने प्रयास गरेको देखिएको छ ।
प्रहरीले उनको साथबाट एक थान रेडमी मोबाइल र दुई थान सिमकार्ड समेत बरामद गरेको छ । उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण