रेखाको ‘माया भनेकै यस्तो होला’ भदौमा रिलिज हुने
सारांश
- अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म 'माया भनेकै यस्तो होला' आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ।
- यो फिल्म मार्फत रेखा थापाले ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन्।
काठमाडौँ । अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्ष र वितरकहरूबिच भएको आपसी सहमति र सम्झौता अनुसार फिल्म यो मितिमा रिलिज गर्न लागिएको वितरक करण श्रेष्ठले बताए । उनले भने ‘तीजको विशेष अवसर पारेर कुशे औँसी (बुबाको मुख हेर्ने दिन) फिल्म आउनेछ ।’
फिल्मको वितरण रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले जिम्मा लिएका छन् । रेखाले यसै फिल्म मार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल फिल्मको निर्देशन गरिसकेकी रेखाको यो तेस्रो हो ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीले पनि अभिनय गरेकी छन् ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ । फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा लेखन रहेको फिल्ममा सुदीप बरालको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण