भविष्यको अनिश्चितता र डरमा थापाथलीका सुकुमबासी, तस्बिरहरू
काठमाडौँ । शुक्रबार बिहानैदेखि थापाथली सुकुमबासी बस्ती असामान्य रूपमा व्यस्त देखिन्छ।
गल्लीहरूमा बाकस, ओछ्यान, भाँडाकुँडा र लत्ताकपडाका थुप्रा सजिएका छन्। केही गाडीहरू सामान बोकेर बाहिरिँदै छन्, भने कतिपय घरबाहिर अझै पनि मानिसहरू आफ्नो थोरै सम्पत्ति मिलाउँदै, जोगाउँदै छन्।
सरकारले नदी किनारका सुकुमबासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाहरूले आफ्नो सामान सार्न थालेका हुन्। तर, उनीहरूमा सामान सार्ने हतारसँगै अनिश्चितता र डर पनि उत्तिकै देखिन्छ।
“हामीलाई कहाँ राख्ने भन्ने कोही आएर भनेको छैन। हिजो माइकमै ‘सामान सुरक्षित राख्नु’ भनेर मात्रै भने। त्यसैले हामी सामान जोगाइरहेका छौँ, तर बस्ने ठाउँ त कतै छैन,” एक महिलाले भनिन् ।
बस्तीका केही भागमा भने विरोध प्रदर्शन पनि जारी छ। प्लेकार्ड बोकेका सुकुमबासीहरूले सत्तारूढ दलको वाचा सम्झाउँदै व्यवस्थापनको माग गरिरहेका छन्। उनीहरूको मुख्य चिन्ता एउटै छ स्थानान्तरण भए पनि रोजगारी र दैनिक जीवन प्रभावित नहोस्।
“हामी काम गरेर पेट पाल्ने मान्छे हौँ,” अर्का एक बासिन्दा भन्छन्, “जहाँ राखे पनि काम गर्न सजिलो हुने ठाउँ हुनुपर्छ। बालबच्चा पढाउनुपर्छ, गाडी चढ्न मिल्ने ठाउँ चाहिन्छ।”
केही दिनअघि प्रहरी टोली आएर निरीक्षण गरेर गएको बाहेक, नगरपालिकाबाट कुनै प्रत्यक्ष समन्वय नभएको उनीहरूको भनाइ छ।
“हामी रहरले यहाँ बसेका होइनौँ, बाध्यताले बसेका हौँ,” एक वृद्धले भने, “अब सरकारले व्यवस्थापन गर्छु भनेको छ, तर कहिले र कसरी त्यो थाहा छैन।”
अहिलेका लागि धेरैजसो परिवारले राति पनि यहीँ बस्ने निर्णय गरेका छन्।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगत देखाएर अहिलेको बदमासीबाट उम्किन पाइँदैन : सांसद बराल
-
खेतीको समयमा मल नपाएको भन्दै एमाले सांसद राईद्वारा सरकारको आलोचना
-
राष्ट्रिय गुप्तचर प्रमुखमा ट्रम्पले गरे जे क्लेटनलाई मनोनयन
-
रियान परागको दायाँ काँधको शल्यक्रिया सफल, केही समय मैदान बाहिर रहने
-
सन् २०२७ को क्रिकेट विश्वकपको मिति तय : १४ टोली भिड्ने, दक्षिण अफ्रिकाले धेरै खेल आयोजना गर्ने
-
लागुऔषधसहित ३३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण