लुटपाट र एटीएम तोडफोड गर्ने युवक सामाखुसीबाट पक्राउ
सारांश
- काठमाडौँको न्युरोडमा लुटपाट र एटीएम तोडफोड गरेको अभियोगमा २१ वर्षीय सविन नेपाली पक्राउ परेका छन्।
- पक्राउ परेका युवकले बुधबार राति एक व्यक्तिलाई लुटपाट र बिहीबार बिहान ग्लोबल आईएमई बैंकको एटीएम तोडफोड गरेका थिए।
- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सामाखुसीबाट नियन्त्रणमा लिएको हो।
काठमाडौँ । काठमाडौँको न्युरोडमा लुटपाट र बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–२७ असन बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–८ क्यानखोला घर भएका २१ वर्षीय सविन नेपालीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।
सविनले बुधबार राति न्युरोडको रामघाटस्थित गल्लीमा एक व्यक्तिलाई कुटपिट गरी लुटपाट गरेका थिए। लुटपाटमा संलग्न उनले बिहीबार बिहान गोङ्गबु चोकस्थित ग्लोबल आईएमई बैंकको एटिएम मेसिन समेत तोडफोड गरेको अनुसन्धानबाट खुलेको छ।
घटनाको अनुसन्धानमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका सविनलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। उनीमाथि लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड अन्तर्गतको मुद्दामा अनुसन्धान अगाडि बढाइने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण