एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट प्रतिष्ठित 'एसटिपी अवार्ड २०२५' प्रदान
काठमाडौँ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत जर्मनीको कमर्ज बैंक एजीबाट प्रतिष्ठित ‘एसटिपी अवार्ड २०२५’ प्राप्त गरेको छ।
बैंकले उच्च गुणस्तरको सेवा र प्रभावकारी अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरेबापत यो सम्मान पाएको हो।
'एसटिपी अवार्ड' बैंकिङ क्षेत्रमा विश्वव्यापी रूपमा प्रतिष्ठित मानक मानिन्छ। यो अवार्ड बिना कुनै मानवीय हस्तक्षेप सीमापार कारोबारहरूलाई सहज र पूर्ण रूपमा स्वचालित ढङ्गले सम्पन्न गर्ने सीमित बैंकहरूलाई मात्र प्रदान गरिन्छ। एनएमबि बैंकको यो उपलब्धिले बैंकको प्राविधिक सक्षमता, कार्यगत अनुशासन र अत्याधुनिक स्वचालित प्रणालीमा गरेको लगानीलाई प्रतिविम्बित गरेको छ।
यस सम्मानका बारेमा बोल्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यो उपलब्धि ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङ सेवालाई सरल र सहज बनाउन बैंकले गरिरहेको निरन्तर प्रयासको नतिजा भएको बताए। उनले उच्च डाटा गुणस्तर र प्राविधिक मापदण्ड कायम राख्दै सुरक्षित र झन्झटमुक्त सेवा प्रदान गर्न बैंक सधैँ प्रतिबद्ध रहने जानकारी समेत दिए।
यस अवार्डले अन्तर्राष्ट्रिय व्यापार, लगानी र विश्वव्यापी वित्तीय पहुँचका लागि एनएमबि बैंकलाई एक विश्वसनीय साझेदारको रूपमा स्थापित गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।
हाल बैंकले देशभर रहेका १९८ शाखा, १८४ एटीएम र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण