शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

थापाथली सुकुमबासी बस्तीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिरहरू)

शनिबार, १२ वैशाख २०८३, ०६ : २३
शनिबार, १२ वैशाख २०८३

सारांश

  • काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारका अनधिकृत सुकुमबासी बस्ती हटाउन सुरक्षाकर्मी परिचालन गरिएको छ।
  • जिल्ला प्रशासन कार्यालयले दिएको समय सीमा सकिएपछि आजदेखि अतिक्रमित संरचना भत्काउने प्रक्रिया सुरु भएको छ।

काठमाडौँ । थापाथली स्थित बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू आज बिहानैदेखि हटाउन सुरु गरिने भएको छ ।  नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै सरकारको निर्देशनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गत शुक्रबार साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो । 

उक्त समय सीमा सकिएसँगै आजदेखि नै अनधिकृत घर टहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो । 

sukumbasi suraksha (3)

प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।

sukumbasi suraksha (2)

बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ । 

sukumbasi suraksha (4)sukumbasi suraksha (5)sukumbasi suraksha (6)sukumbasi suraksha (7)sukumbasi suraksha (8)sukumbasi suraksha (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप