नेपाल वायुसेवा निगमको चार सञ्चालक सदस्यका लागि दरखास्त आह्वान
सारांश
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त चार सञ्चालक सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
- खुला प्रतिस्पर्धाका माध्यमबाट गरिने यस नियुक्तिमा वाणिज्य, अर्थ, लेखाशास्त्र वा उड्डयन क्षेत्रका अनुभवी व्यक्तिले आवेदन दिन सक्नेछन्।
- इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको सात दिनभित्र मन्त्रालयमा आवेदन बुझाउनुपर्नेछ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त चार सञ्चालक सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट यी पदहरू भर्नका लागि सार्वजनिक सूचना जारी गरेको हो।
नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा (१) बमोजिम रिक्त रहेका ३ जना र उपदफा (७) बमोजिम आगामी ६ महिनाभित्र रिक्त हुने १ जना गरी जम्मा ४ जना सञ्चालक सदस्य नियुक्त गर्न लागिएको हो।
सूचना अनुसार वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्यातिप्राप्त वा उड्डयन तथा पर्यटन प्रवर्द्धन सम्बन्धी क्षेत्रमा अनुभव प्राप्त इच्छुक व्यक्तिहरूले यस पदका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफ्नो आवेदन दर्ता गराउनुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण