१२ बजे १२ समाचार : मिरमिरेदेखि गोधुलीसम्म सुकुमबासी बस्तीमा बुलडोजर, परराष्ट्रमन्त्रीको एक महिना
सारांश
- बागमती किनारका सुकुमबासी बस्तीमा शनिबार बिहानैदेखि बुलडोजर चलाइएको छ।
- परराष्ट्रमन्त्री शिशिर खनालको एक महिने कार्यकालमा कन्सुलर सेवाको अनलाइन प्रणाली विस्तारलगायतका कार्य भएका छन्।
- बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा संलग्न एक चिकित्सकलाई मेडिकल काउन्सिलले निलम्बन गरेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. मिरमिरेदेखि गोधुलीसम्म सुकुमबासी बस्तीमा बुलडोजर
शनिबारको मिर्मिरे बिहानी । काठमाडौँ सहर बिस्तारै ब्युँझिँदै थियो । तर बागमती नदी किनारका सुकुमबासी बस्तीहरूमा भने आजको बिहानी अन्य दिनजस्तो सामान्य थिएन ।
२. अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलोडोलो रूपमा अभियोजन गर्दै आएको विषयमा बारम्बार प्रश्न उठ्ने गरेको छ । यद्यपि आयोगले आफ्नो यो शैलीमा सुधार भने गरेको छैन ।
३. परराष्ट्रमन्त्रीको एक महिना
वैशाख १२ गते। परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेको एक महिना पुगेको छ । उनी चैत १३ गते परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए । पदभार ग्रहण गरेलगत्तै मन्त्री खनालले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कन्सुलर सेवा विभागको अनलाइन प्रणाली विस्तार गर्ने निर्णय गरे । यो उनको पहिलो निर्णय थियो । उनले मन्त्रालयका कर्मचारीहरूलाई जनअपेक्षाअनुसार थप नवप्रवर्तनशील र परिणाममुखी ढंगले काम गर्न निर्देशन पनि दिएका थिए ।
४. के फेरि बज्ला त वीरगञ्ज चिनी कारखानाको साइरन ?
४६ सालको माघ महिना वीरगञ्जको त्यो सानो कोठा, झ्यालबाहिर कुहिरोले ढाकेको धुलाम्मे सडक र टाढासम्म फैलिएको आकाश अनि एसएलसी दिन डेरामा बसेका हामी तीन गाउँले युवकहरू सहरको नयाँ लय समात्ने प्रयासमा थियौँ । तर वीरगञ्ज सहरको आत्मा भने भवन वा भिडमा थिएन, त्यो थियो त केवल चिनी कारखानाको साइरनमा । बिहानको ५ बज्नासाथ जब त्यो साइरन गर्जन्थ्यो, त्यो केवल ध्वनि थिएन । त्यो रुसी उपन्यास ‘आमा’ मा वर्णन गरिएजस्तै श्रम र चेतनाको सामूहिक आह्वान थियो, जसले सारा सहरलाई एउटै धड्कनमा बाँध्ने गथ्र्यो ।
५. गर्भवती गीता पाण्डे मृत्यु प्रकरण
बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा संलग्न एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ ।
६. सुदूरपश्चिमका सुकुमबासी भन्छन्– कि वार गर, कि पार गर सरकार
सुदूरपश्चिममा सुकुमबासी, भूमिहीन र आरक्ष पीडितहरूको समस्या दशकौँदेखि बल्झिरहेको छ । बाढी, पहिरो, डुबान, कटान र भूकम्प जस्ता प्राकृतिक विपत्तिबाट विस्थापित भएका र पुस्तौँदेखि सुकुमबासी जीवन बिताइरहेका बादी समुदाय, दलित, मुक्त कमैयाहरू अहिले पनि सुरक्षित बासको पर्खाइमा छन् । उनीहरूमध्ये कोही सरकारी वनमा छन्, कोही नदी किनारका असुरक्षित बस्तीमा, त कोही सडकको छेउमा पाल टाँगेर बसिरहेका छन् ।
७. जेनजीले हाँकेको गाउँपालिका
गत भदौ २३ र २४ गतेको ’जेनजी’ आन्दोलनपछि राजनीतिमा सो पुस्ताको आकर्षण बढ्दो क्रममा देखिन्छ । तर, सप्तरीको छिन्नमस्ता गाउँपालिकाको नेतृत्व भने सोही उमेर समूहका एक युवाले विगत ४ वर्षदेखि गरिरहेका छन् ।
८. कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध
हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा पर्ने कर्णाली करिडोर सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
९.सुदूरपश्चिम सरकारले बनाउन लागेका १३ चिस्यान केन्द्रमध्ये ७ वटा ६ वर्षसम्म पनि तयार भएनन्
सुदूरपश्चिमका विभिन्न जिल्लामा किसानले उत्पादन गरेको कृषि उपज सुरक्षित भण्डारणको अभावमा बर्सेनि नष्ट हुने समस्या छ ।
डडेलधुराको आलितालकी गंगा मगर वर्षौंदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएकी छन् । उनलाई सधैँ एउटै चिन्ताले सताउँछ– ‘आफूले उत्पादन गरेको आलुलाई सुरक्षित कसरी राख्ने ?’
१०. सिनेमाका कुरा
तिनताका ‘ह्यासट्याग’ भन्ने चलनै थिएन । ‘पीआर आर्मी’ भन्ने थिएन । फिल्म रिलिज हुने दिन चल्ने ‘बक्स अफिस युद्ध’को चलन पनि सुरु भएकै थिएन । केवल दुइटा तेजिला दिमाग भएका युवा थिए । धुवाँको कुइरिमन्डलले भरिएको कोठाभित्र बसेर उनीहरू आउने दिनको बलिउड सुपरस्टार जन्माउने कसरतमा थिए ।
११. शनिबार विशेष
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण