शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
LIVE UPDATE : सुकुमबासी बस्तीमा चल्यो डोजर
LIVE UPDATES

LIVE UPDATES : LIVE UPDATE : सुकुमबासी बस्तीमा चल्यो डोजर

शनिबार, १२ वैशाख २०८३, १८ : ३०
Live

सारांश

  • काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारका अनधिकृत सुकुमबासी बस्ती हटाउन डोजर चलाइएको छ।
  • बस्तीबाट मानिसहरूलाई बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ भने सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
  • थापाथलीपछि आजै गैरीगाउँस्थित सुकुमबासी बस्ती पनि हटाउने योजना रहेको काठमाडौँ महानगर प्रहरीले जनाएको छ।

काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो  । 

सुरुमा दुईवटा डोजर चलाइएको छ । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् । 

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् । काठमाडौँ महानगर प्रहरी बलका अनुसार  थापाथलीमा डोजर चलाएर सकिएपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदै छ ।

थापाथलीका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा, होटलमा राख्ने तयारी

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ । यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ । 

यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका काठमाडौँ महानगरले जनाएको छ यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेकाले थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको महानगरको दाबी छ । 

सुकुमबासी बस्तीका घरवारविहीनलाई प्रारम्भिक उपचार र मनोसामाजिक परामर्श

काठमाडौँ । काठमाडौँ दुई सुकुमबासी बस्ती; थापाथली र गैह्रीगाउँस्थित अव्यवस्थित बस्तीबाट ल्याइएका व्यक्तिहरूलाई महानगरपालिकाको स्वास्थ्य विभागले दशरथ रंगशालामा प्राथमिक तथा प्रारम्भिक उपचार र मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेको छ ।

यस क्रममा बसोबास, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सम्बन्धलगायत विषयमा मनोसामाजिक परामर्श दिइँदै छ । 

यससँगै प्राथमिक वडा नं ११ को बबरमहल, वडा नं ३१ को भीमसेनगोला र वडा नं ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला राखिएको छ ।

२७ परिवारका ८९ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगियो

काठमाडौँ । सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुमबासी बस्तीमा डोजर चलाएर खाली गराएको छ ।

महानगरपालिकाले प्रहरीको सहयोगमा बस्ती भत्काएपछि त्यहाँका २७ परिवारका ८९ जनालाई अस्थायी शिविरमा स्थानान्तरण गरिएको जनाएको छ । 

सुरुमा शनिबार बिहान थापाथलीमा डोजर तथा स्काभेटर चलाएर बस्ती खाली गराइएको थियो । त्यसपछि प्रहरी तथा काठमाडौँ महानगरको टोली गैह्रीगाउँस्थित सुकुमबासी बस्ती भत्काउन पुगेको थियो, जहाँ अहिले पनि बस्ती खाली गराउने काम जारी छ । 

गैह्रीगाउँमा डोजरः ध्वस्त भए घरटहरा, हेरिरहे सुकुमबासी (तस्बिरहरू)

काठमाडौँ । सरकारले आज काठमाडौँका दुई सुकुमबासी बस्तीमा डोजर चलाएको छ । 

सुरुमा शनिबार बिहानैदेखि थापाथली क्षेत्रमा रहेको सकुमबासी बस्तीमा डोजर चलाएको थियो भने त्यसपछि गैह्रीगाउँस्थित बस्तीमा चलाएको छ । 

थापाथलीमा सुरुमा चार वटा मात्रै डोजर प्रयोग गरे पनि गैह्रीगाउँमा ठुला र पक्की संरचना भएकाले डोजर थपिएको थियो । यहाँ सुकुमबासी बस्ती भत्काउने डोजरको संख्या ८ वटा थियो । 

गैह्रीगाउँको सुकुमबासी बस्तीमा पनि चल्यो डोजर LIVE

काठमाडौँ । थापाथलीछि गैह्रीगाउँस्थित सुकुमबासी बस्तीमा पनि डोजर चलेको छ । 

दशरथ रंगशालाको होल्डिङ सेन्टरमा आइपुगे २३ सुकुमबासी परिवार

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा अहिलेसम्म २३ परिवारको तथ्यांक संकलन भएको छ । 

रंगशालामा आउने सुकुमसबासीहरूको तथांक संकलन उपत्यका विकास प्राधिकरणले गर्दै छ । थापाथली, गैह्रीगाउँलगायत स्थानबाट सुकुमबासीहरू होल्डिङ सेन्टरमा आउने क्रम जारी छ । 

यस्तै प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौं महानगरपालिकाको वडा नं ११ को बबरमहल, वडा नं ३१ को भीमसेनगोला र वडा नं ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला रहेका छन्, जहाँ सामान्य प्राथमिक उपचार प्रदान गरिँदै छ ।

गैह्रीगाउँमा डोजर र स्काभेटरः धमाधम भत्काउन थालियो घरटहरा (तस्बिरहरू)

काठमाडौंँ । काठमाडौँ महानगरपालिका वडा–९ स्थित बागमती किनारामा रहेको गैह्रीगाउँको सुकुमबासी बस्तीमा पनि डोजर चलेको छ ।

यसअघि सरकारले थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाएर सबै टहरा भत्काएको थियो ।

थापाथलीबाटै प्रहरीसहित टोली गैह्रीगाउँ पुगेको हो । गैह्रीगाउँमा थापाथलीको तुलनामा ठुला र पक्की घरसहित बस्ती छन् । यहाँ महानगरपालिकाबाट २ वटा र सडक विभागबाट ४ वटा गरी ६ वटा डोजर तथा स्काभेटर प्रयोग भइरहेका छन् ।

गैह्रीगाउँको सुकुमबासी बस्तीमा पनि चल्न थाल्यो डोजर, तस्बिरहरू

काठमाडौंँ । काठमाडौँ महानगरपालिका वडा–९ स्थित बागमती किनारामा रहेको गैह्रीगाउँको सुकुमबासी बस्तीमा पनि डोजर चलेको छ ।

यसअघि सरकारले थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाएर सबै टहरा भत्काएको थियो ।

थापाथलीबाटै प्रहरीसहित टोली गैह्रीगाउँ पुगेको हो । गैह्रीगाउँमा थापाथलीको तुलनामा ठुला र पक्की घरसहित बस्ती छन् । यहाँ महानगरपालिकाबाट २ वटा र सडक विभागबाट ४ वटा गरी ६ वटा डोजर तथा स्काभेटर प्रयोग भइरहेका छन् ।

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् ।

बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।

“अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोबास गरिरहनुभएका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ”, प्रजिअ पौडेलले भने, “सुकुमबासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।” आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उनले जानकारी दिए ।

दशरथ रङ्गशालामा थापाथलीका सुकुमबासी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुमबासी बस्तीबाट घरबार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ । शनिबार उनीहरुलाई दशरथ रङ्गशालामा लगिएको हो ।

सरकारले सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ । 

तस्बिरमा हेर्नुहोस् रङ्गशालामा  पुर्‍याइएका सुकुमबासी :

थापाथली सुकुम्बासी बस्तीबाट ६ परिवारलाई रंगशाला लगियो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली हुँदै गएको छ । बिहान ८ बजेबाट डोजर चलेसँगै बस्ती खाली हुँदै गएको हो ।

महानगरका अनुसार यहाँ बसोबास गर्नेहरूले धेरैजसो आफैँले कोठा खोजेर सरेका छन् भने केहि आफन्तकोमा गएका छन् । 

आफू घरबार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ । बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेको जनाएको छ । 

सुकुमबासीलाई सहयोग गर्दै प्रहरी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराइँदैछ । शनिबार बिहानदेखि सुकुमबासी बस्तीमा डोजर चलाइएको हो । 

nepal-police-sukumbasi-thapathali (1)

 बस्तीमा बाक्लो सङ्ख्या प्रहरी परिचालन गरिएको छ । परिचालित प्रहरीले उचित सुकुमबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा आवश्यक सहयोग गरिरहेको छ ।

डोजर चलेपछि ड्रोनबाट यस्तो देखियो थापाथलीस्थित सुकुमबासी बस्ती (तस्बिरहरु)

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहान डोजर चलाइएको छ ।  बाक्लो सङ्ख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो । 

हेर्नुहोस् ड्रोनबाट लिइएको तस्बिर :

sukumbasi-thapathail-drone (1)sukumbasi-thapathail-drone (2)sukumbasi-thapathail-drone (3)sukumbasi-thapathail-drone (4)sukumbasi-thapathail-drone (5)sukumbasi-thapathail-drone (6)sukumbasi-thapathail-drone (7)sukumbasi-thapathail-drone (8)sukumbasi-thapathail-drone (9)sukumbasi-thapathail-drone (10)

तस्बिरमा हेर्नुहोस् डोजर चलेपछिको सुकुमबासी बस्ती

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहान डोजर चलाइएको छ ।  बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो । 

अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका थिए । यद्यपि बस्तीमा डोजर चल्दा कुनै अवरोध भने भएको थिएन । 

sukumbasi basti (2)

तत्कालका लागि वास्तविक सुकुमबासीलाई ५ स्थानमा पुनर्स्थापना

काठमाडौँ । सरकारले राजधानीका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने क्रममा पहिचान भएका 'वास्तविक' सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने भएको छ। 

थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प अघि सारेको हो।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले अध्ययनका क्रममा बस्तीमा बस्ने धेरैजसोको अन्यत्र घरजग्गा रहेको पाइएकाले 'सक्कली' र 'नक्कली' सुकुमबासी छुट्टाउन डिजिटल प्रोफाइल तयार पारिएको बताइन्। दाहालले भनिन्, 'हामीले तथ्य र लगतका आधारमा वास्तविक सुकुमबासीको पहिचान गरिरहेका छौँ। अन्यत्र घरजग्गा भएका हुने-खाने तर सुकुमबासीका नाममा जग्गा ओगट्नेलाई कुनै विकल्प दिइने छैन, तर वास्तविक भूमिहीनलाई सरकारले मानवीय संवेदनाका आधारमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नेछ।'

थापाथलीस्थित सुकुमबासी बस्तीमा छैन कुनै विरोध प्रदर्शन, डोजर चल्दा देखिएन अवरोध

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती भत्काउन डोजर प्रयोग हुँदा कुनै अवरोध देखिएको छैन । बाक्लो संख्या प्रहरी परिचालन गरेर शनिबार बिहान साढे ८ बजेदेखि डोजर चलाइँदा हालसम्म कुनै प्रदर्शन नदेखिएको हो । 

शुक्रबार भने थापाथली क्षेत्रमा सुकुमबासीको नाममा प्रदर्शन भएका थिए ।  सुकुमबासीहरु आ–आफ्नो सामान प्याक गरेर सुरक्षित स्थानतर्फ बाहिरिएका छन् । 

सामान हटाइएका क्षेत्रमा अहिले डोजर चलाउन सुरु भएको हो । सरकारले वास्तविक सुकुमबासीलाई तत्कालका लागि ५ स्थानमा व्यवस्थापन गर्ने जनाएको छ ।

थापाथलीस्थित सुकुमबासी बस्तीमा यसरी चलिरहेछन् डोजर (तस्बिरसहित)

काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो  । 

सुरुमा दुईवटा डोजर चलाइएको छ । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् ।  सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् ।

sukumbasi basti dogar (2)

सुकुमबासी बस्तीमा पुग्यो डोजर

काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर पुगेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर तैनाथ भएका हुन् । 

थापाथलीमा डोजर आइपुगेपछि प्रहरीले सुकुमबासी बस्ती भित्र छिरेर घर घर गएर माइकिङ गरिरहेको छ । सबै मान्छेलाई बाहिर निकाल्न प्रहरी खटिएको छ भने डोजर स्ट्यान्डबाई राखिएको छ ।

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् ।

थापाथली सुकुमबासी बस्तीमा कति बजे चल्छ डोजर ? के भन्छ महानगर प्रहरी बल ?

काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी भइरहेको छ । यहाँ सवा ८ बजेपछि डोजर चलाउने तयारी छ । अहिले धमाधम सुकुमबासी बस्तीका स्थानीयले नै सामान सारिरहेका छन् । 

काठमाडौँ महानगर प्रहरी बलका अनुसार पहिले थापाथली र त्यसपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदै छ ।

अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् । नगर प्रहरीका अनुसार स्थानीयले नै सामान सारिरहेकोले अहिले डोजर नचलेको हो । यसअघि बिहान ६ बजे देखि नै डोजर चलाउने तयारी गरिएको थियो ।

सुनिता डंगोलले भनिन्, ‘मानवीय संवेदनशीलताको ख्याल गरिन्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर तथा कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरभित्रका नदी किनार र सार्वजनिक क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउने कार्यमा केन्द्र सरकारलाई पूर्ण सहयोग गर्ने स्पष्ट पारेकी छन्। सामाजिक सञ्जालमार्फत महानगरको आधिकारिक धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक, सरकारी र सामुदायिक जग्गाको संरक्षण गर्दा मानवीय पक्षलाई विशेष ध्यान दिइने प्रतिबद्धता जनाएकी हुन्।

नेपाल सरकारका सम्बद्ध मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले नदी किनारका अतिक्रमण हटाउन गरेको निर्णय र अनुरोधलाई कार्यान्वयन गर्न महानगरपालिका सहयोगी भूमिकामा रहने डंगोलले उल्लेख गरेकी छन्। नगर कार्यपालिकाका सदस्यहरूबिच भएको छलफलको निष्कर्ष सुनाउँदै उनले अनधिकृत संरचना हटाउने प्रक्रियामा मानव अधिकारको न्यूनतम मूल्य मान्यतालाई आत्मसात् गरिने बताएकी छन्।

विशेषगरी हटाउने क्रममा ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ। महानगरले यो कार्यलाई सकेसम्म विवादरहित, सुरक्षित र कानुनसम्मत ढंगले अगाडि बढाउने प्रयास गर्नेछ। संरचना हटाउँदा सम्मानजनक मानवीय व्यवहार प्रदर्शन गरिने र न्यायको सिद्धान्त प्रतिकूल नहुने गरी व्यवस्थापन गरिने उनले स्पष्ट पारेकी छन्।

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर्जुन कुँवर छन् ।

उनीहरूलाई गएराति पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । सरकारले आजदेखि थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुमबासी बस्तीको घर, टहरा हटाउँदै छ ।

पक्राउ परेका राज कुमार लामा बालाजुमा बस्छन् । अर्जुन कुँवर पवर्त फलेबास–११ घर  भएर काठमाडौँ महानगरपालिका–११ मा बस्दै आएका छन् ।

सुरक्षाकर्मीले घेरेपछि हताशमा सुकुमबासी, बाँकी समान धमाधम सारिँदै (तस्बिरहरू)

काठमाडौँ । थापाथली स्थित बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन प्रहरी परिचालन भएपछि त्यहाँ बाँकी रहेका सुकुमबासीहरु हताशमा देखिएका छन् । 

बिहान नै डोजर चलाउने चाल पाएपछि उनीहरुले बाँकी रहेका समानहरू धमाधम सारिरहेका छन् । प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । 

sukumbasi (1)

थापाथली सुकुमबासी बस्तीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिरहरू)

काठमाडौँ । थापाथली स्थित बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू आज बिहानैदेखि हटाउन सुरु गरिने भएको छ ।  नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै सरकारको निर्देशनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गत शुक्रबार साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो । 

उक्त समय सीमा सकिएसँगै आजदेखि नै अनधिकृत घर टहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो । 

sukumbasi suraksha (3)

नदी किनारका सुकुमबासी बस्ती आजदेखि खाली गरिँदै

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउने कार्य आज (शनिबार) बिहानैदेखि सुरु हुने भएको छ ।

नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै प्रशासनले वैशाख ११ गते (शुक्रार) साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो । उक्त समय सीमा सकिएसँगै आज वैशाख १२ गते बिहान ६ बजेदेखि नै अनधिकृत घरटहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो । 

प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया