आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

लागूऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने प्रहरी वरिष्ठ हवलदार अख्तियारको नियन्त्रणमा

आइतबार, १३ वैशाख २०८३, ०७ : ४९
आइतबार, १३ वैशाख २०८३

सारांश

  • कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
  • लागूऔषध मुद्दा मिलाइदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
  • पक्राउ परेका क्षेत्रीमाथि आयोगले थप अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवलदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई शनिबार पक्राउ गरिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित वैशाख १२ गते नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

आयोगका अनुसार पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप