पोलीमार्केटको बाजी जित्न मौसम स्टेसनको सेन्सरमा छेडखानी
काठमाडाैँ । फ्रान्सको मौसम पूर्वानुमान सेवा प्रदायक मितियो फ्रान्सले पेरिसको तापक्रमसँग सम्बन्धित अनलाइन सट्टेबाजी जित्न मौसम स्टेसनको सेन्सरमा छेडछाड गरिएको हुन सक्ने आशङ्का गरेको छ।
यो घटना चाल्र्स डे गौल विमानस्थलमा रहेको मौसम स्टेसनसँग जोडिएको छ । यहाँको तापक्रम डेटा प्रयोग गरेर पोलिमार्केटमा सट्टेबाजी गरिँदै आएको थियो।
रिपोर्टअनुसार मार्च र अप्रिलका केही दिनमा पेरिसको तापक्रमबारे आधा मिलियन डलरभन्दा बढी रकमको बाजी लागेको थियो । विशेष गरी अप्रिल १५ मा तापक्रम १९ डिग्री सेल्सियस पुग्ने बाजी लगाउने केही खाताहरूले करिब २ लाख ८० हजार डलरसम्म कमाएका थिए।
तर आश्चर्यजनक रूपमा सो दिन बेलुका करिब ९ः३० बजे तापक्रम अचानक २२ डिग्री सेल्सियस पुगेको थियो । सोही दिन दिउँसो यो १८ डिग्री सेल्सियस मात्र थियो । यस्तै असामान्य वृद्धि अप्रिल ६ मा पनि देखिएको थियो ।
जलवायु अवलोकन समूह इन्फोक्लिम्याटका उपाध्यक्ष सेबास्टियन ब्रानाले सुरुमा यसलाई सेन्सर त्रुटि वा मर्मत समस्या ठानिएको बताए । तर दोहोरिएको घटनापछि अनुसन्धान थालिएको हो । पोलीमार्केटमा ठुलो रकम जितिएको समयमा तापक्रममा यी असामान्य परिवर्तनहरू भएको अनुसन्धानले देखायो।
“xX25Xx” नाम गरेका प्रयोगकर्ताले केवल ११९ डलरको बाजी लगाएर २१ हजार ३९८ डलर जितेका थिए। यसपछि मितियो फ्रान्सले सम्भावित छेडछाडबारे एयरपोर्ट प्रहरीमा उजुरी दर्ता गरेको छ । केहीले सेन्सरलाई लाइटर वा हेयर ड्रायर जस्ता उपकरण प्रयोग गरेर कृत्रिम रूपमा तताइएको हुन सक्ने अनुमान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण